प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती

मालपोत कार्यालय खोटाङमा लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो।
Advertisement 1
हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरू करिब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्दक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् ।
यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आउनुभएका निमातेम्बा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताए । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उनको गुनासो छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख विहीन हुनु राज्यको ठुलो लापरबाही भएको शेर्पा बताउँछन् ।
Advertisement 2
निमित्तले अख्तियारी नपाउँदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरू निराश हुँदै फर्किने गरेका छन् ।