बञ्जाडे पिनको संयोजक, सह संयोजकमा पोखरेल


प्रोगेसिभ इञ्जिनियरिङ्ग एसोसियएसन नेपालको संयोजक र सह संयोजक तोकिएको छ । नेकपा प्रचण्ड माधव पक्षधरले प्रोगेसिभ इञ्जिनियरिङ्ग एसोसियएसन नेपालको संयोजकको जिम्मेवारी पूर्व सह सचिव इ नन्दलाल बञ्जाडे र सहसंयोजक इ छबिराज पोखरेललाई तोकेको छ ।
पार्टीको गत १ र २ माघमा बसेको पार्टी स्थायी कमिटीको बैठकले रिक्त पदहरुमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेबमोजिम बञ्जाडे र पोखरेललाई उक्त जिम्मेवारी अस्ति ३० माघदेखि दिइएको हो । पार्टीले मातहत निकायका रिक्त पदहरुमा पनि क्रमशः पदपूर्ति गर्दै जाने बताएको छ ।

Advertisement 1

# Nanda Banjade # chhabi pokhrel

प्रकाशित :२०७७ फाल्गुन २, आईतवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry