मुख्य सचिवको दौडमा वरिष्ठ सचिवहरु

निजामती सेवामा शक्तिशाली र सर्वोच्च मानिने मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेपछि सचिवहरू उक्त पद हात पार्न सक्रिय भएका हुन् ।
Advertisement 1
मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहेको छ । मुख्य सचिव वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ।
मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्ने तयारी भएको स्रोतले बताएको छ । मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउने अथवा यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन थालेको स्रोतको दाबी छ ।
Advertisement 2
मुख्य सचिव वैरागी आगामी २०८० साल वैशाख वा जेठ सम्ममा राजदूत भएर जाने अवस्था आएमा जेष्ठताका आधारमा तीन जना सचिवहरू मुख्य सचिवको प्रमुख दाबेदार हुनेछन् । सो समयमा मुख्य सचिवको दाबेदार हुनेमा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलिया, राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल रहेका छन् ।
Advertisement 3