गृहकैं कार्यसम्पादन मुल्यांकनमा कमजोर देखिएका आश्मान तमाङ लगातार ७ जिल्लाको सिडिओ

गृह मन्त्रालयले बुधबार १२ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गर्यो । बुधबारको मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । गृहले तयार पारेको सूची अनुसार,गृह मन्त्रालयमा कार्यरत घनश्याम उपाध्यायलाई ललितपुरको कमाण्डर बनाएर खटाइएको छ । यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईलाई हिजो मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएपछि सो जिल्लामा रुद्रादेवी शर्मालाई खटाइएको छ ।
गृहले रुद्रादेवीको ठाउँमा पुण्यविक्रम पौडेललाई पठाएको छ । यस्तै सहसचिव शंकरहरि आचार्यलाई गोरखा जिल्लाको कमाण्डर बनाएर खटाइएको छ भने मोरङ जिल्लामा काशिराज दाहाल खटाइएका छन् । मोरङमा सिडिओ चलाइरहेका कोशहरि निरौला गृहमा तानिएका छन् ।
यस्तै दिपककुमार पहाडीलाई रामेछाप,नुरहरी खतिवडालाई संखुवासभा,टेकराज निरौलालाई दोलखाको सिडिओ बनाएर खटाइदा दोलखाका सिडिओ बाशुदेव घिमिरेलाई गृहमै तानिएको छ भने,ललितपुरका सिडिओ ढुडी निरौलालाई पनि गृहमा ल्याइएको छ ।
यस्तै आस्मान तमाङलाई रुपन्देहीबाट चितवनमा तानिएको छ । उनको ठाउँमा ऋृषिराम तिवारीलाई पठाइएको छ । धादिङ जिल्लाको प्रजिअको जिम्मेवारी कृष्ण लम्साललाई दिएर पठाइएको छ भने उदयपुरको सिडिओको रुपमा बिरेन्द्रकुमार यादवलाई खटाइएको छ ।

Advertisement 1

No description available.
जसमध्ये आस्मान यस्ता भाग्यमानी कर्मचारी हुन्,जो यो समेत गरी सात वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनिसकेका छन् ।
गृहमन्त्रालयका सहसचिव अस्मान तामाङ्ग त्यस्ता भाग्यमानी ब्यक्ति हुन जो कर्मचारीको भाषामा मालामाल हुने जिल्लाको कमाण्डर बनेका छन् । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा मापदण्ड ब्यवस्थापन २०७१ मा प्रमुख जिल्ला अधिकारी सरुवा सम्वन्धि मापदण्डमा सामान्यतया लगातार ३ जिल्लामा प्रजिअको जिम्मेवारी बहन गरि सकेकाहरुलाई मन्त्रालय माताहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । त्यसोत गृहको मापदण्डमा गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, कारागार ब्यवस्थापन विभाग, प्रहरी कितावखाना, अध्यागमन विभागमा कार्यरत कर्मचारीहरुलाई प्रजिअको जिम्मेवारी दिँदा पहिलो प्राथमिकता दिने पनि उल्लेख गरिएको छ । यी मापदण्ड बिपरित सहसचिव अस्मान लगातार सात जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाईएका छन् ।

No description available.
सुरुमा शिक्षा सेवाको सहसचिव बाट गृह सरुवा भई २०७३ फागुनमा तेह्रथुमको प्रजिअ बनेका आश्मान त्यसपछि सिन्धुपाल्चोक पुगे । सिन्धुपाल्चोकबाट उनको सरुवा मकवानपुर भयो । यी जिल्ला कर्मचारीको नजरमा मालामाल हुने जिल्लाको रुपमा परिचित छ । मकवानपुर बाट उनी धादिङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाईए । सिन्धुपाल्चोक,मकावनपुर र धादिङ्ग राजधानी काठमाडौंको हिसावले सवैभन्दा आकर्षक जिल्ला हो । धादिङ्गको प्रमुख जिल्ला अधिकारी भएसँगै आस्मानलाई पर्साको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइयो । पर्सा जिल्ला प्रशासन कार्यालय जान कर्मचारीबीच निकै जोडवल लाग्ने गरेको छ । त्यहाँबाट उनलाई ०७७ साल चैत्र २४ मा रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएकोमा त्यहाँबाट हिजोमात्र चितवनमा पठाइएको छ ।
उनी तेह्रथुम,सिन्धुपाल्चोक,मकवानपुर,धादिङ,पर्सा,रुपन्देही हुँदै चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाएका छन् । तर गृहले यसरी खटाउँदा आफैले बनाएको मापदण्ड कुल्चिएको भेटिन्छ ।
प्रमुख जिल्ला अधिकारीको सरुवासम्बन्धी मापदण्ड (राजपत्रांकित द्वितीय र प्रथम) को ठाडो उल्लंघन गर्दै उनीझैं केही पावरफुल कर्मचारीलाई नियमित प्रमुख जिल्ला अधिकारीको जिम्मा दिँदै आएको छ ।
गृहले बनाएको मापदण्डमा लगातार तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेको अधिकृतलाई गृह मन्त्रालय मातहतको विभाग वा क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने व्यवस्था छ । तर,त्यो नीतिको ठाडो उल्लंघन हुँदा पनि गृह प्रशासन मौन देखिन्छ ।
उक्त मापदण्डको बुँदा नम्बर ५ मा लेखिएको छ ‘सामान्यतयाः लगातार ३ जिल्लामा प्रजिअको जिम्मेवारी वहन गरिसकेकाहरूलाई मन्त्रालय मातहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने ।
निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, गृहमन्त्रालयमा यस्ता नियमहरु लागू हुँदैनन् ।

Advertisement 2

यसरी मापदण्डलाई कुल्चिएर निरन्तर सिडिओ बनिरहने गृहका कर्मचारीहरुमा उमेश ढकाल,अस्मान तामाङ्ग ,कोशहरि निरौला लगायतको नाम आउँछ ।कोशहरिलाई हिजोको सरुवामा गृहमा तानिएको छ ।

यसरी पटक पटक सिडिओ बन्ने अर्काे भाग्यमानी हुन रामबहादुर कुरुम्बाङ । गृहले केही महिना अघि कुरुम्बाङलाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटायो । कुरुम्बाङ यस अघि ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँके हुँदै अहिले दाङको जिल्ला प्रशासन प्रमुख भएका छन् । यो सहित उनले ९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाउने अवसर पाएका छन् ।
उनी यस्ता कर्मचारी हुन कि जो उपसचिव भए पनि सहसचिवको दरबन्दी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर खटिएका छन् । मन्त्रालयले सह सचिवलाई जगेडामा राखेर सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवको पोष्टिङ गरिएको समेत भेटिएको छ । यो एउटा विकृती हुँदै हो यस्मा गृहले आफैले बनाएको मापदण्डलाई समेत कुल्चिएको भेटिन्छ ।

Advertisement 3

No description available.
गृह मन्त्रालय आफैलें तयार पारेको कार्यसम्पादन मुल्यांकनमा समेत उनी कमजोर देखिएका छन् । गत भदौं २३ गते गृहले सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मुल्यांकनमा उनी प्रजिअ रहेको रुपन्देहीलाई बी ग्रेड दिइएको छ । गृह आफैंले तयार गरेको प्रजिअहरुको सरुवासम्बन्धी मापदण्ड ०७१ को परिच्छेद ५ मा भनिएको छ, सामान्यतया लगातार तीन जिल्लाको प्रजिअ चलाइसकेकालाई मन्त्रालय मातहतको विभागको जिम्म्मेवारी दिइने बुँदा हालिएको छ तर कार्यन्वयन भने हुन सकेको छैन ।  यस्तै, सोही परिच्छेदको ११ औं नम्बरमा व्यवसायिक क्षमतामा उत्कृष्टता प्रर्दशन नगरेका एवै कार्यसम्पादन अब्बल नभएकालाई प्रजिअबाट प्रजिअमा सरुवा नगरिने बुँदा हालिएको छ तर, गृह आफैले बनाएको मापदण्डको धज्जी उडाउँदै आश्मान लगायतका केही भाग्यमानीहरु लगातार सिडिओ बनिरहेका छन् ।

 

 

 

प्रकाशित :२०७८ भाद्र ३१, बिहीबार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry