अब सचिवहरुको मासिक रिपोर्ट कार्ड बन्ने

काठमाडौं। अब सचिवहरुको मासिक रिपोर्ट कार्ड बन्ने भएको छ। सोमबार मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले सचिवहरुको मासिक रिपोर्ट कार्ड बनाउने निर्णय गरेको हो।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त रिपोर्ट कार्ड बनाउनेछ। रिपोर्ट कार्ड बनाएर मासिक रुपमा सचिवहरुको कार्यसम्पादनको समीक्षा गर्नेगरी उक्त निर्णय गरिएको बैठकमा सहभागी एक सचिवले जानकारी दिए।

अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनको अध्यक्षमा पहिलोपटक सचिवहरुको बैठक बसेको थियो।

प्रकाशित :२०८१ आश्विन ७, सोमबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry