बजेट लेखन टिमको संयोजक वराल,अर्थले माग्यो सुझाव
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । मन्त्रालयले आज उक सूचना प्रकाशन गर्दै आगामी आर्थिक बर्ष ०८०/८१ का लागि सुझाव मागेको हो । मन्त्रालयद्धारा प्रकाशित सूचनामा विभिन्न संघसंस्था, बृद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई बजेटसँग सम्बन्धित सुझाव पठाउन भनिएको छ ।
Advertisement 1
सुझाव आगामी बजेटसँग सम्बन्धित सुझावहरु आगामी बैशाख १५ गतेभित्र मन्त्रालयमा पठाउन आग्रह गरेको हो । सुझाव वेबसाइट तथा इमेलमार्फत सुझाव पठाउन सकिने सूचनामा जानकारी गराइएको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी बैशाख १५ गतेभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन हुन विभिन्न संघसंस्था, बृद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महत आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराललाई अर्थमा ल्याएर बजेट लेखनको जिम्मेवारी दिइएको छ । बरालको संयोजकत्वमा भुपालसँगै श्रमबाट अर्थमा भित्रिएका उत्तम कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुबेदी र जनकराज शर्मा रहेका छन् ।