नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी विरुद्ध ३ करोड २७ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं। नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध ३ करोड २७ लाखको भ्रष्टाचार मुद्दा गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

Advertisement 1

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको र न्यूनतम कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य बनाई बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

तत्कालीन नगर प्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन सहित कर्मचारी र ठेकेदारविरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपियाँ बिगो कायम गर्दै आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Advertisement 2

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख शाह, नगरपालिकाका प्रशासकीय तथा प्राविधिक कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ।

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2026/01/Press-Release-२०८२-०९-२०-दिपक-बिक्रम-शाहसमेत.pdf” title=”Press-Release-२०८२-०९-२० दिपक बिक्रम शाहसमेत”]

प्रकाशित :२०८२ पुष २१, सोमबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम