ठूला करदाता कार्यालय प्रमुख फेरिए :- शर्मालाई खटाइँदा ज्ञवाली अर्थमै फिर्ता
अर्थमन्त्री डा प्रकाशशरण महतले ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक परिवर्तन गरेका छन् । त्यहाँका कमाण्डर राजेश्वर ज्ञवालीलाई अर्थमै तानेर पुल्चोकस्थित उक्त अड्डाको हाकिमको जिम्मेवारी दिएर जनक शर्मालाई पठाइएको अर्थ मन्त्रालय स्रोतले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।
Advertisement 1
८ महिना अघि सहसचिवमा बढूवा भएका शर्मालाई हिजो अर्थमन्त्री महतले अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिएर पठाइएको बताइएको छ ।
गत बर्ष भदौंमा त्यहाँ राजेश्वर ज्ञवालीलाई पठाइएकोमा ११ महिना पछि उनलाई अर्थ मन्त्रालयमा तानेर शर्मालाई पठाइएको हो । शर्मा लामो समयदेखि अर्थ मन्त्रालयको बजेट माहाशाखामा कार्यरत थिए । उनी अर्थकै क्याडर हुन ।
Advertisement 2
अर्थमन्त्री प्रकाशशरण महतले मंगलबारमात्र भन्सार विभागअन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयको प्रमुखमा टोकराज पाण्डेलाई नियुक्ति गरेका थिए । त्यहाँ कार्यरत अरुण पोखरेललाई अर्थमा तानेर पाण्डेलाई नयाँ जिम्मेवारी दिइएको थियो ।