कार्य सम्पादन मूल्यांकन फारम छुटेका कर्मचारीको तत्काल पठाउन सरकारको परिपत्र

सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन फाराम भर्न छुटाएा कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा मातहतमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन छुटेको भएमा तत्काल पठाउन परिपत्र गरेको हो ।

Advertisement 1

ति निकायमा कार्यरत राजपत्रांकित द्धितिय श्रेणीका सम्पूर्ण सेवा, समूह, राजपत्रांकित तृतिय श्रेणीका सम्पूर्ण सेवा, समूह, राजपत्र अनंकित प्रथम श्रेणी अन्तरगत नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इञ्जिनियरिङ सेवाका सिभिज इञ्जिनियरिङ, जनरल र नेपाल विविध सेवाकाका कर्मचारीको विवरण बढुवा समितिको सचिवालय तत्काल पठाउन परिपत्र गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको म्यादभित्र मन्त्रालयको बढुवा समितिको सचिवालयमा बुझाइसक्नुपर्नेमा कतिपय कर्मचारीको चालु आर्थिक वर्षसँगै अघिल्ला आर्थिक वर्षको समेत प्राप्त नभएको भन्दै यस्तो परिपत्र गरेको हो ।

प्रकाशित :२०७७ फाल्गुन २१, शुक्रबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry