संघीय मन्त्रालय र स्थानीय तहका कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययन तालिमको अवसर (सूचनासहित)
वैदेशिक अध्ययनमा जान चाहने तथा तालिम लिन चाहने कर्मचारीहरुसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन माग गरेको छ ।
कोरिया र थाई सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गरिदैं आएको तालिम तथा वैदेशिक अध्ययनमा जान चाहने इच्छुक र योग्य कर्मचारीहरुसँग मन्त्रालयले आवेदन माग गरेको हो ।
Advertisement 1
निजामती सेवा ऐन, २०४९ (संसोधन सहित) को दफा ४ (ख) को उपदफा (३) बमोजिम गठित समितिको मिति गत चैत्र १६ गते बसेको ३६२ औं बैठकले मन्त्रालय र स्थानीय तहमा कार्यरत कर्मचारीले मात्र निजामती सेवा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम इमेल पठाउन सूचनामा उल्लेख गरिएको छ । संघीय मामिला मन्त्रालय र स्थानीय तहका कर्मचारीहरुलाई मन्त्रालयले चैत्रको अन्तिम साताभित्र आवेदन माग गरेको हो ।
प्रकाशित :२०७९ चैत्र १९, आईतवार १४:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%