बोकालाई संगिनी सुई लगाइदिएपछि…
गुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ ।
Advertisement 1
सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृतले सूचनामा जनाएका छन् । उनले आइन्दा यसरी सुई नलागनसमेत भनेका छन् ।
संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।
Advertisement 2
तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् ।
गाउँपालिकाले भने तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ । आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।