टोयोटाको एसयुभी राइज सार्वजनिक

टोयोटाको नयाँ कम्पाक्ट एसयुभी राइज नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयुभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको हो । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने दाबी कम्पनीको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र १ लिटर टर्बो इन्जिनमा नेपाली बजारमा पाइने छ । १.२ लिटर इञ्जिनले ८७ एचपी पावर र ११३ एनएम टर्क
Advertisement 1
प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरियण्टमा उपलब्ध रहेका छन् । गाडीमा ३६ लिटर इन्धन राख्न सकिने क्षमता रहेको छ भने सो सेगमेन्टमा रहेका अन्य गाडीभन्दा उत्कृष्ट रहने कम्पनीको दाबी छ । गाडीमा रियर भ्यू क्यामेरासहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको ७ इन्च इन्फोटेनमेन्टसमेत रहेको छ ।
यसको बजार मूल्य ६६ लाख रूपैयाँदेखि ८६ लाख रूपैयाँसम्म रहेको छ ।