स्वास्थ्य सेवाका ४ जना ११औं तहमा बढुवा

सरकारले स्वास्थ्य सेवाका ४ जनालाई ११औं तहमा बढुवा गरेको छ। मंगलबा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगबाट सिफारिस भएका डा रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई बढुवा गरेको हो। यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूहका भरत भट्टराईलाई पनि एघारौं तहमा बढुवा गरेको छ । भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको छ।
									
										प्रकाशित  :२०७७ भाद्र १२, शुक्रबार ०८:१९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										


 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                