चार बैंकलाई राष्ट्र बैंकले तिरायो ५० लाखको दरले नगद जरिवाना

नेपाल राष्ट्र बैंकले एकै पटक ९ वटा वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ । जसमध्ये ४ वाणिज्य बैंकलाई ५० लाखको दरल नगद जरिवना तिराएको छ । ती बैंकहरुले नियम उल्लंघन गरेको भन्दै ५० लाखको दरले जरिवाना तिराएको हो ।
Advertisement 1
नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ५० लाख जरिवाना तिराएको छ । प्रभुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना तिराएको हो ।
यस्तै सोही ऐन र निर्देशन उंल्लघन गरेको अभियोगमा कुमारी बैंकलाई पनि ५० लाखकै दरले जरिवाना तिराउँदा केन्द्रिय बैंकले तत्कालीन बैंक अफ काठमाण्डू र प्राइम बैंकलाई पनि ५० लाखको दरले जरिवाना गराएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रभु,कुमारी,बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकले आपराधिक क्रियाकलपबाट आर्जित स्रोत नखुलेको रकम नेपाल ल्याउन खोजेका पृथ्वीबहादुर शाहको बैंक खाता रोक्का राख्न दिएको निर्देशन पालना नगरेको कारण उनीहरु उपर ५० लाख रुपैयाँको दरले नगद जरिबानासहित गरिएको हो ।
Advertisement 2
यस्तै माछापुच्छ्रे बैंक,सानिमा बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
Enforcement-Action-Second-Quarter-2079.80