२ बरिष्ठ सहसचिवको सचिवमा बढुवा

नेपाल सरकारले २ बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतिर रिक्त रहेको सचिव पदमा भुपाल बराल, प्राविधिकतर्फ सचिव पदमा दिनानाथ मिश्र लाई बढुवा गरेको छ । बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव भुपाल बराल, खगेन्द्रप्रसाद सुवेदी र डण्डुराज घिमिरेको नाम सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका बराल वन तथा वातावरण मन्त्रालयमा, घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् । जसमा बरिष्ठ सहसचिव भुपाल बराल सचिवा पदमा वढुवा भएका छन्।
Advertisement 1
यस्तै प्राविधिकतर्फ बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, जगदीश्वर कर्माचार्य र चिरञ्जीवी चटौतको नाम सिफारिस गरेको थियो । बरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस भएका सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा भएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि जसमध्ये मन्त्रिपरिषद्ले मिश्रलाई बढुवा गरेको हो ।