“किन २ दिन मात्र ? सातै दिन बिदा दिऔ,झनै लोकप्रियता कमाइन्छ”
कर्मचारीहरुलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव सबैभन्दा पहिला कुठाउँबाट आयो ।
कर्मचारीहरुको बिदाको सन्र्दभमा छलफल गर्ने ठाउँ भनेको संघीय मामिला तथा प्रशासन मन्त्रालय हो वा प्रधानमन्त्री कार्यलय वा केही हदसम्म कति दिन सार्वजनिक विदा दिने वा नदिने भनेर गृहले पनि गर्दछ । त्यसपछि यो प्रस्ताव क्याविनेटमा जाने हो । विगतको अभ्यास हेर्ने हो भने कर्मचारीको नियमित विदा दिने हो भने सामान्य प्रशासन मन्त्रालय वा अरुले पनि पाउने गरी बिदाको प्रस्ताव लैजाने हो भने गृहले लैजानु पर्ने हो । तर यो बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै बेखबर छ । त्यही कारण पर्यटन मन्त्रालयबाट आएको प्रस्ताव नै कुठाउँबाट आएको प्रस्ताब । भनिएको छ श्रीमतीलाई खुसी बनाउन वा पर्यटन प्रर्वद्धनका लागि वा घुम्न जानका लागि विदा सातामा दुई दिन बिदा दिन लागिएको ।
तर्क गरिएको छ सातामा दुई दिन बिदा दिने हो भने १ अर्ब ६५ करोड बचत हुने उसो भने आर्थिक पाटोबाट जोड्ने भए अर्थ मन्त्रालयबाट प्रस्ताव आउनुपर्दथ्यो ।
अर्काे पनि तर्क गरिएको छ विश्वका ८८ देशमा सातामा दुई दिन सार्वजनिक बिदा दिइन्छ र त्यही अभ्यासलाई हेरेर हाम्रो देशमा सातामा दुई दिन बिदा दिन खोजिएको । उसो हो भने विश्वकै देशमध्ये सबैभन्दा धेरै विदा दिने देशमा पर्दछौं हामी ।
कार्य दिनमध्ये ५० प्रतिशत त बिदामै जान्छ । दशै बिदा,तिहार बिदा,ल्होसार बिदा,नयाँ बर्ष बिदा कतिवटा ? ५२ वटा शनिवार । यी सबै जोडौं त बर्षमा आधा समय बिदा मनाउँछन् कर्मचारीहरु ।
र अहिले सातामा दुई दिन विदा दिए पछि ह्वात्तै लोकप्रियता बढ्दछ र मेरो नाम आउँछ भन्ने भएर होला सातामा दुई दिन बिदा दिन खोजिएको । त्यस्तै लोकप्रियता कमाउनु किन २ दिन मात्र बिदा दिने ? सात दिनै बिदा दिऔं। झनै लोकप्रियता कमाइन्छ ।
र यो व्यवहारिक र बस्तुसंगत छैन् ।
अहिले हामी कोरोना कहरसँग लडिरहेका छौं । संकटको अबस्थामा छौं । यो संकटको घडीमा त झन धेरै समय काम गर्नुपर्ने बेला होइन् र ?
यस्तो संकटको घडीमा सातामा दुई दिन बिदा दिँदा झन हामी गहिरो संकटमा फस्छौं ।
मुलुकलाई थप संकटमा लैजाने हो भने सातामा दुई दिन बिदा दिँदा हुन्छ ।
अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने हामीले भएका बिदा पनि काट्नु पर्ने समय हो ।तर संसदीय प्रणालीमा प्रमको चाहना भयो भने बिदा दिन सक्नुहुन्छ ।
अर्काे तथ्य हेरौं । हामी कहाँ चाहिनेभन्दा बढी कर्मचारी छन् । हामीकहाँ कर्मचारीको संख्या कति छ र काम के छ ? अरु देशमा एक जनाले गर्ने काम गर्नका लागि हामीकहाँ ३ दशमव ७ अर्थात झण्डै ४ जना कर्मचारी चाहिन्छ । अर्काे अहिले कार्यलय समय १० बजे शुरु हुन्छ ५ बजे सकिन्छ । १० बजे टेबुलमा कति जना कर्मचारी पुगिसकेका हुन्छन् ? अनि पौने ५ बजे कुनै कार्यलयमा छड्के हान्न जानुस । ती कर्मचारी सिटमा हुन्छन् ? बसेर काम गरिरहेका हुन्छन् ? तोकिएको समयमा कार्यलयमा पुग्ने र तोकिएकै समयमा कार्यलयमा बसेर काम गर्ने कर्मचारी कति जना छन् ? आजै हुने कामलाई भोली भनेर सेवाग्राहीलाई दुख दिने र फर्काउने कर्मचारी कति छन् ? अनि खाना खाजा खाने समय कुन हो ? खाजा खान भनेर कर्मचारी कति घण्टा हराउँछन् ? त्यसको हिसाब किताब छ ?
उसै त हामीकहाँ कर्मचारीको संख्या धेरै छ । तिनबाट आउने आउटपुट कम छ । तिनलाई काम कम छ । बिदा धेरै छ । त्यही समयमा हामी अझैं बिदा थप्ने प्रस्ताब गर्दैछौं ।
अर्काे तथ्य हेर्नुहोस कर्मचारीहरुले बार्षिक नीजि बिदा पाउँछन् तर त्यो सुविधा उनीहरु लिँदैनन् । आफ्नो बिदा चाहिँ बचाएर राख्ने चलन छ । त्यसो गर्दा त्यो बिदा नलिएको पैसा पाइन्छ । घर बिदा जगेडा राख्दा पैसा आउँछ । आफ्नो बिदा खर्च नगर्ने ।
यो ०५६ सालमै लागू भएर असफल भएको व्यवस्था होइन् । अहिले फेरि किन र कस्को स्वार्थमा लागू गर्न खोजिँदैछ ।
म सामान्य प्रशासन मन्त्री हुँदा सिफट् गरेर कार्यलय सञ्चालन गर्ने खोजे । भिडभाड हुने ठाउँमा सिफ्ट प्रणाली लागू गर्न खोजे । सफल भएन् । हुँनै दिएनन् । कर्मचारीहरु आन्दोलनमा उत्रिए ।
यो प्रस्ताब ल्याउनेहरु को छन् ? कर्मचारीहरुको टोलीमात्र होइन् ? कोही त्यहाँ विज्ञ ?उनीहरुले आफ्नै स्वार्थ अनुकुल हुने गरी सातामा दुई दिन बिदाको प्रस्ताब हाले ।
भोली यसरी सातामा दुई दिन बिदा दिँदा जनताको कामको ढिलासुस्तीको जिम्मेवारी कस्ले लिन्छ ? त्यसको जवाफदेही को हुन्छ ? कर्मचारी कार्यलयमा ढिलो आए,समयसम्म नबसे त्यसको जिम्मेवारी कस्ले लिन्छ । अहिले पनि भएका कर्मचारीले टेर्दैनन् । काम ढिलासुस्ती हुन्छ । काम किन हुन सकेन भनेर हाकिमहरुलाई सोधेको खण्डमा भन्छन् कर्मचारीको अभाव ।
भएका कर्मचारीले नटेरे पछि काम नगरे पछि कर्मचारीको अभावको बाहनाबाजी गर्नु परेको छ । यस्तै स्थिती रहे अन्तराष्ट्रियस्तरमा एक जना कर्मचारीले गर्ने कामका लागि हामीले ५ देखि सात जना कर्मचारीलाई काममा लगाउनु पर्ने स्थिती आउँछ ।
यो प्रस्ताव देशका निम्ति उपयुक्त छैन् । यो उपयुक्त समय पनि होइन् । र यसबाट पर्यटन प्रर्वद्धन पनि हुँदैन् । यदि बिदा दिएरै पर्यटन प्रर्वद्धन हुने भए कति कर्मचारी दशैं,तिहार र अन्य बिदामा पर्यटन प्रर्वद्धनमा निस्किएका छन् र निस्किन्छन् ? यसबाट पर्यटन प्रबद्र्धन पनि हुँदैन् । जस्तो यस अघि घर विदा २० दिन दिँदै आएको छ सरकारले । त्यो बिदा कटाएर कति दिन उ पर्यटन प्रर्वद्धनका लागि निस्कएको छ ?
नेपालको सन्र्दभमा प्रतिपक्ष खोज्न अन्यन्त्र जानै पर्दैन । कहिले काहीँ त कर्मचारी नै प्रतिपक्ष बनिदिन्छ ।
नेपालमा सबैभन्दा बढी सुधार्न जरुरी क्षेत्र भनेको प्रशासन हो । यो क्षेत्र सुधार्न कसैले आँट गर्दैन् ।