नापीका महानिर्देशकमा प्रकाश जोशी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले महानिर्देशक जनकराज जोशीलाई भूमि व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्दै मन्त्रालयका सहसचिव प्रकाश जोशीलाई नापी विभागमा फर्काएको छ ।

Advertisement 1

मन्त्रालयले मंगलबार जोशीलाई विभागको महानिर्देशकका रूपमा पठाउने निर्णय गरेको हो। विभागमा कार्यरत जनकराज जोशीलाई फिर्ता बोलाएर मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रीस्तरीय निर्णयमार्फत प्रकाशलाई विभागको महानिर्देशकका रूपमा खटाउने निर्णय गरेकी हुन्।

भूमि व्यवस्था मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका सहसचिव जोशी परिपक्व र योग्य प्रशासकमध्येमा पर्छन्।

Advertisement 2

उनकै पालामा नेपालको चुच्चे नक्सा जारी भएको थियो। सगरमाथाको उचाइ नाप्ने कामसमेत उनकै नेतृत्वमा भएको थियो। जग्गाको किसिम छुट्ट्याएर कित्ताकाट गर्ने नीति पनि उनकै कार्यकालमा तयार गरिएको थियो ।

 

प्रकाशित :२०८० भाद्र २०, बुधबार २२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry