बच्चाको भाँडाकुटी खेल हो,क्याविनेटको निर्णय ?
के मन्त्रिपरिषद्जस्तो ठाउँबाट हुने निर्णय बच्चाको भाँडाकुटी खेल हो ? होइन भने,हिजो सार्वजनिक क्याविनेट निर्णय नम्बर २ नम्बलाई १० नम्बरको निर्णयले उल्टाइदिएको छ ।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गरिएको २ नम्बरको निर्णयमा नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने भनिएको छ ।
सरकारले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।
Advertisement 2
वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि सो निर्णय गरिएको हो । तर, सोही निर्णयलाई पुछारको निर्णयले उल्टाइदिएको छ । विभिन्न मन्त्रालयको प्रस्ताव भन्दै संख्या र नाम नतोकिएका सचिव र सहसचिवहरुको विदेश भ्रमण स्वीकृत गरिएको छ ।
निर्णयमा भनिएको छ, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एवम् अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
यस्का अलवा २०७९ चैत ८ देखि १० सम्म न्यूयोर्कमा आयोजना हुने उच्च स्तरीय Water Conference, २०२३ को भ्रमणमा सहभागी हुन सचिव श्री गोपाल प्रसाद सिग्देललाई स्वीकृति प्रदान गर्ने,मिति २०७९ फागुन ३० देखि चैत्र २ गतेसम्म बेलायतको लन्डनमा आयोजना हुने “Healthy Cities Summit ” विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख श्री बालेन्द्र शाहको भ्रमण स्वीकृत गर्ने,निर्वाचन आयोग, नेपालका सचिव श्री गोकर्णमणि दुवाडीको भारत भ्रमण स्वीकृत गर्ने,भरतपुर महानगरपालिकाका नगर प्रमुख श्री रेनु दाहालको जापान भ्रमण स्वीकृत गर्ने । यसरी त्यही क्याविनेटले मन्त्री र उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणमा रोक लगाउने निर्णय गर्ने,मसी नसुक्दै विभिन्न सचिव,मेयरसहितका ६ वटा टोलीलाई विदेश भ्रमणमा जान स्वीकृति दिनुलाई कसरी लिने ?