मतदान अधिकृतले मापसे गरी उल्टै निर्वाचन अधिकृतसँग निहुँ खोजेपछि…

आगामी ४ मंसिरमा हुन लागेको संघीय र प्रदेशसभाको निर्वाचनमा खटिएका मतदान अधिकृतहरु नै आचारसंहिता विपरित कार्य गरेपछि धमाधम कारवाहीमा पर्न थालेका छन् ।

Advertisement 1

आचारसंहिता विपरित कार्य गरेको भन्दै संखुवासभामा ६ मतदान अधिकृतसहित ११ सहायक कर्मचारीमाथि कारवाही भएको घटना सेलाउन नपाउँदै नवलपरासीस्थित सुनवल नगरपालिका ११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटाइएको थियो पृथ्वीराज चौधरीलाई ।

रामग्राम नगरपालिका ४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी नवलपरासीमा मतदान अधिकृतको रुपमा खटिएका उनै चौधरीले मादक पर्दाथ सेवन गरेर विवाद गरेपछि कारवाहीमा परेका छन् ।

Advertisement 2

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने बेलामा मुख्य निर्वाचन अधिकृतसँग श्रवणकुमार पोखरेलसँग अस्वभाविक व्यवहार देखाएपछि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेको हो।

Advertisement 3

 

प्रकाशित :२०७९ मंसिर १, बिहीबार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry