निजामती कर्मचारीहरुलाई विभिन्न ३८ वटा कार्यक्रममा चीनमा अध्ययनको अवसर

निजामती कर्मचारीहरुलाई छात्रबृत्तिमा उत्तरी मुलुक चीनमा अध्ययन गर्न जाने अवसरको ढोका खुलेको छ । चिनिँया दुतावासले अनुदानमा विभिन्न ३८ वटा कार्यक्रममा अध्ययन गर्न जाने कर्मचारीको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ । एक बर्षे,दुई बर्षे र तीन बर्षे ती कार्यक्रमहरु अर्काे बर्ष यही समयबाट प्रारम्भ हुनेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले तालिममा सहभागी हुन चाहने कर्मचारीहरुले नाम थर,पद,सुरु नियुक्ति र हालको पदमा नियुक्ति,सेवा वा समूह,संकेत नम्बर,अध्ययन गर्न चाहेको तह,अध्ययन गर्न चाहेको विश्वविद्यालयसहितका विवरण भरी १५ असोजभित्र इमेल गर्न भनेको छ ।
Advertisement 1
https://mofaga.gov.np/news-notice/2496
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/09/Notices-20210923161530222.pdf”]
Advertisement 2








