रिटायर्ड कर्मचारीको अध्यक्षमा पाण्डे सर्वसम्मत
सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरका अध्यक्षमा नरनाथ पाण्डे सर्वसहम्मत चयन भएका छन् ।
Advertisement 1
समाजको शनिवार सम्पन्न भएको अधिवेशनमा पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको समाजले जनाएको छ ।
यस्तै समाजको नवनिर्वाचित उपाध्यक्ष शान्ती केसी, सचिव मदनप्रसाद अर्याल, कोषाध्यक्ष बाबुराम पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जीतकुमारी चौधरी, रामशरण विश्वकर्मा, भोलाप्रसाद बस्ताकोटी, निलकण्ठ पोखरेल, फन्सुराम चौधरी, गोपिकृष्ण तिमिल्सिना, महेन्द्रप्रसाद भण्डारी रहेका छन् ।
त्यस्तै, लेखा संयोजकमा देवराज भट्टराई चयन भएको समाजले जनाएको छ ।
Advertisement 2
नेपालका सरकारी तथा संस्थानजस्ता निकायमा काम गरेका निजामति तथा न्यायजस्ता क्षेत्रहरूबाट सेवानिवृत्त भई सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका व्यक्तिहरुको साझा संगठन हो सेवानिवृत्त राष्ट्रसेवक समाज ।