दाई काँग्रेसी कर्मचारीका नेता,भाई फिट भए त्यता

भ्रष्टाचार मुद्धामा अनुसन्धान चलिरहेको एक जना अधिकृतलाई पुरस्कारस्वरुप त्रिविवि अध्यागनमा फिट गराइएको छ । अस्ति आइतबारै ती अधिकृत सरुवाको पत्र बोकेर अध्यागमनमा हाजिर हुन पुगिसकेका त्रिवि अध्यागमन स्रोतले पृष्टि गरेको छ । उनी हुन्,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका आफ्नै भाई कुमार । गृहका इमान्दार दर्जनौं अधिकृतहरुलाई पन्छाएर गृह बाहिरका क्याडर कुमारलाई त्रिवि अध्यागमनमा लगिए पछि गृहकै अधिकृतहरुले आपत्ति प्रकट गरेका छन् । दाजु गोपालको सेटिङमा भाई कुमारलाई त्रिविमा पुर्याइएको गृहका काँग्रेस निकटकै अधिकृतहरुले जनाएका छन् ।
कुमार तिनै पात्र हुन,जो  विभागमा कार्यरत रहँदा  अकुत आर्जनमा डामिएर साढे तीन बर्ष निलम्बनमा परेका थिए । विशेष अदालतका न्यायधीशहरुसँग सेटिङ मिलाएर सफाई पाएका उनीविरुद्ध अहिले पनि सर्वाेच्चमा मुद्धा विचराधिन छ । विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वाेच्चमा दायर गरेको मुद्धा विचराधिन छ ।

Advertisement 1

विशेषले सुन पानीले छर्किएपछि कुमार लोकसेवा आयोगमा पुगे । आयोगको दरखास्त व्यवस्थापन शाखामा २ बर्ष बढी समय बिताएका उनी लोकसेवाबाट गृहमा एक दिन पनि हाजिर नगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पुगेका हुन् ।

गृहले हालै बनाएको कार्यविधिमा गृह क्याडरभन्दा बाहिरबाट आएका कुनै पनि कर्मचारीलाई सिधै अध्यागमनमा पठाँउन मिल्दैन तर आफैंले बनाएको कार्यविधिलाई कुल्चदै गृहले पोखरेललाई त्रिवि अध्यागमन कार्यालयमा खटाएको हो । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष पोखरेलको ठाडो दबाबमा भाइ कुमारलाई त्यता पठाइएको गृह स्रोतले जनाएको छ ।

Advertisement 2

यो बिषयमा बुझ्नका लागि गृहका कप्रका कर्मचारी कृष्ण शर्मालाई पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । सो स्रोतका अनुसार अघिल्लो लटमा सरुवा भएका १३ जना सोही निकायमा सरुवा हुन सफल भएका छन् । घुमीफिरी त्यही अड्डामा मात्र बस्न खोज्नुलाई त्यहाँबाट हुने अतिरिक्त लाभका रुपमा हेर्न थालिएको छ । यसरी सरुवा भएर पुन त्यहाँ पुगेका अधिकृतहरुमध्ये केही त  ०७६ सालमा त्यही हुँदा अनियमितताको काण्ड लागेका कर्मचारीहरु समेत छन् ।

ट्रेड युनियनको नाम,पैसा असुल्ने काम,कर्मचारी युनियनको बदनाम

प्रकाशित :२०७९ फाल्गुन १९, शुक्रबार १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry