अबदेखि सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्रै खानुपर्ने
अर्थ मन्त्री जनार्दन शर्माले अबदेखि सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्र खाने नीति बनाइएको बताएका छन् ।सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन । मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताउँदै सरकारी कार्यालयहरूका विभिन्न बैठकमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह समेत गरेका छन् । उनले सरकारी कार्यालयहरूमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका बताउँदै भने हामी विदेशी बिस्कुट खाइरहेका हुन्छौँ, अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ ।
नेपाल कृषिप्रधान मुलुक भए पनि वार्षिक साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउँदै आँउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताएका छन् ।
Advertisement 1