सुब्बाको यति भयंकर शक्ति
पत्याउनुहुन्छ एउटा सुब्बाले सिंहदरबार हल्लाइदिन्छ भन्दा ? एकजना डन सुब्बा बर्ष दिनदेखि सिंहदरबारस्थित सामान्य, उद्योग,सञ्चारका हाकिमहरूलाई हत्तु खेलाएर पुरानै ठाउँमा टिकिरहन सफल भएका छन् ।
Advertisement 1
कर्मचारी संकेत नम्बर १७६४३३ रहेका कमल प्रसाद निरौलाले बर्ष दिनदेखि आफ्नो सरुवा उल्टाएर कम्पनी रजिष्ट्राकै कार्यालयमा अखडा जमाएर बस्न सफल भइरहेका छन् । बर्ष दिन अघि नै उनको सरुवा भएको थियो कम्पनी रजिष्ट्रारको कार्यालयबाट सञ्चार मन्त्रालयमा । उनीमाथि चार्ज थियो,– सेवाग्राहीलाई सताएको र अनेकन बदमासी गरेको ।
तर सुब्बा साब यति पावरफुल कि बर्ष दिनसम्म डेग चलेनन् । सामान्यले बर्ष दिन पछि फेरि पूरानै ठाउँबाट सञ्चार मन्त्रालय अन्तरगत सरुवा गरेको छ । तर महिना दिन भयो रमाना नलिई सोही कार्यालयमा बसिरहेका छन्,उद्योग सचिव मुकुन्द निरौलाको आडमा ।
Advertisement 2
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र अनिता देवीले कर्मचारी सरुवा र खटन पटन पारदर्शी बनाउने उद्घोष गरिरहेका छन् । सोही अनुसार काम पनि गरिरहेका छन् ।तर संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारी प्रशासन फाँटदेखि मन्त्रीका सचिवालयलाई प्रयोग गरेर उनी लामो समयदेखि कम्पनीकै टिक्न सफल भइरहेका छन् । यस पटक पनि महिना दिन अगावै त्यहाँँबाट सरुवा भएर सञ्चार मन्त्रालय अन्तरगत पुगेका छन् तर रमाना लिन अटेर गरिरहेका छन् । कर्मचारी ट्रेड युनियनका नेतादेखि उद्योग मन्त्रालयका सचिव दाहिने हुँदा निरौलालाई यो बल मिलेको हो भन्छन्,कम्पनी रजिष्ट्रारतिरकै कर्मचारीहरु ।
सोही बलमा निरौला अहिले पनि आफ्नो सरुवा उल्टाउने खेलोमा लागेका हुन । यस अघि गत बर्ष नै कम्पनी रजिष्ट्राको कार्यालयबाट सञ्चारमा सरुवा भए पनि ट्रेड युनियनको नेताहरुको आडमा बर्ष दिनभन्दा बढी समयदेखि कम्पनीमै टिक्न सफल निरौला फेरि सामान्य प्रशासनको कर्मचारी फाँटका नेता,उद्योग सचिव मुकुन्द निरौलासम्मलाई प्रयोग गरेर कम्पनी रजिष्ट्रारकै कार्यालयमा थमौती गर्ने खेलोमा लागेका छन् ।
कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार ०७९ साउनमै उनको सरुवा भएको थियो कम्पनी रजिष्ट्रारको कार्यालयबाट सञ्चारमा । बर्ष दिन सम्म त्यही टिक्दै आएका नासु निरौलालाई गत भदौं १० गते कम्पनी रजिष्टारको कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत सरुवा गरिएको छ । इकर्मचारी डटकमलाई प्राप्त पत्र अनुसार सामान्यका शाखा अधिकृत सुरेश श्रेष्ठले कर्मचारी संकेत नम्बर १७६४३३ रहेका निरौलालाई महिना दिन अघि नै सरव गरेको भए पनि उनी रमना नलिइ त्यही टिक्न सफल भइरहेका छन् । सरुवा गरिएको महिना दिन पूरा भइसक्दा समेत निरौला अटेरी गरी रमाना समेत नलिइ रजिष्ट्रारकै कार्यालयमा कार्यरत छन् ।
Advertisement 3
उता,सुब्बा तहका कर्मचारीहरु त्यही अड्नका लागि अनेकन प्रयास गरिरहँदा हाकिमहरु त्यहाँ जानबाट भाग्न थालेका छन् । देशभरका सरकारी तथा निजी क्षेत्रका कम्पनी दर्ता गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयमा भ्रष्टाचारको मात्रा बढेपछि कर्मचारी जानै डराएका छन् । पछिल्लो समय कम्पनी रजिष्ट्रारका एक पछि अर्का घुस्याहा कर्मचारीहरु अख्तियारको फन्दामा पर्न थालेपछि त्रिपुरेश्वरस्थित खटाइएका कर्मचारीहरु जान अनिच्छुक देखिएका हुन ।
हालै भएको सरुवामा कम्पनी रजिष्ट्रारको कार्यालयबाट रजिष्ट्रार महेश बरालको सरुवामा परे । त्यहाँ सचिव मुकुन्द निरौलाका भान्जा दिवस आचार्यलाई खटाइएको थियो तर दिवस उक्त कार्यालय जान इन्कार गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा महेशकै थमौती हुने सम्भवना बढेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ ।
दैनिक सयौं कम्पनी रजिष्ट्रारको जिम्मेवारी लिएको कार्यालय दोश्रो मालपोत बन्न पुगेको छ ।सोही कार्यालयबाट सहायक रजिस्ट्रार गीताकुमारी पन्थी छोरीसँगै १ लाख रुपैयाँ घुससहित पक्राउ परिन । कार्यालयमा दर्ता रहेको विद्यालयको बाँकी रहेको कर तिर्न जाँदा राजस्व कम गरिदिने भन्दै पन्थीले घुस लिएकी थिइन्। यस्तै करारमा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। सेवाग्राहीको कम्पनीमा कायम रहन आएका सेयरधनीको सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो । यस्तै कार्यालयका उपरजिस्ट्रार धर्मराज रोकाय र गंगाधार पौडेल पनि पक्राउ परेका अख्तियारको फन्दामा परेका थिए । बर्ष दिनमै कम्पनीकै १६ कर्मचारीमाथि माथि अख्तियार लागेको कार्यालय हो त्यो । त्यही कारण अख्तियारका बक्र दृष्टि परेका कारण त्यहाँ इमान्दार उच्च तहका कर्मचारी हत्तपत्त जानै मान्दैनन् । तर घुस्याहा र बदमास कर्मचारीहरु भने बर्ष दिनदेखि पटक पटक सरुवा हुँदा समेत सो कार्यालय छाडेर अन्यन्त्र डेग चल्दैनन् ।