गृहका सात सहसचिवको जिम्मेवारी हेरफेर,झलराम बने अध्यागमनको डिजी

सदैव सत्ता र शक्ति पछाडि लागेका एक जना सहसचिवलाई फेरि आकर्षक कार्यालयमा डिजी बनाएर खटाइएको छ ।  झलकराम अधिकारीलाई अस्तिमात्र गृहमा पठाइएकोमा आइतबारै अध्यागमनको डिजी बनाएर खटाइएको छ ।
उनलाई अध्यागमनमा फिट गराउनकै लागि ६ महिना अवधिमात्र अध्यागमनमा कमाण्ड सम्हालेका ऋृषिराम तिवारीलाई गण्डकी प्रदेशतिर लखेटिएको छ । जबकी अध्यागमन मानव बेचबिखनका लागि कडा रुपमा काम गर्नुपर्ने ठाउँ हो । तर अधिकारीले विगतमा अनेकन विवाद्स्पद निर्णयहरु गरेर बदनामीमा मुछिएका छन् ।
प्रचण्डका गाउँले अधिकारी यस अघि राजश्व अनुसन्धान विभागका डिजी थिए । आरजु राणा फष्ट लेडी हुँदा उनी त्यहाँ पुगे पनि चार महिनामै सरुवामा परे । जागिरे जीवनभर मालदार अड्डा मात्र चहारेका उनी अध्यागमन शाखा अधिकृत,सेज हुँदै केही समय श्रीमतीसहित अमेरिका बसे । त्यताबाट स्वदेश फर्किएपछि ठूला करदाता कार्यालयका हाकिम,आन्तरिक राजश्वको डिडिजी हुँदै अधिकांश अर्थ मन्त्रालय अन्तरगतका मालदार अड्डामा बसे ।

Advertisement 1

यस्का अलवा गृहका सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । एक पछि अर्काे जिल्लाका सिडिओ चलाएका आस्मान तामाङलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको हर्ताकर्ता बनाइएको छ भने प्रेमप्रसाद भट्टराईले नेतृत्व गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा फणिन्द्रमणि पोखरेललाई लगिएको छ ।

अब्बल प्रशासकको पहिचान बनाएकी रुद्रादेवी शर्मालाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ । यस अघि यो महाशाखा डा भीष्मकुमार भुषालले हेर्दै आएका थिए । नुवाकोटको प्रमुख जिल्ला अधिकारीबाट गृहमा तानिएका नारायण रिसाललाई बर्दियाको सिडिओ बनाइएको छ। बर्दियाका सिडिओ बन्धुराज बाँस्तोलालाई पाल्पाको सिडिओमा सरुवा गरिँदा जगन्नाथ पन्तलाई गृहमा भित्राइएको छ ।

Advertisement 2

प्रकाशित :२०७९ फाल्गुन १७, बुधबार ०६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry