नारा पठाउनुहोस,दुई हजार लैजानुहोस
गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले लागू औषध,दुरुपयोग,रोकथाम र नियन्त्रण गर्न सहयोग पुर्याउने नारा पठाउन आग्रह गरेको छ । आगामी २६ जुनमा मनाइन लागेको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) का अवसरमा उपयुक्त नारा संकलन गर्ने लागेको गृहले २५ जेठभित्र लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्याउने सन्देश दिने खालको नारा पठाउन आग्रह गरेको छ । बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको नारा मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना ([email protected]) मा पठाउन मन्त्रालयले भनेको छ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्ने र उत्कृष्ट नारा पठाउने पाँच जनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ । पुरस्कृत नाराहरू उक्त शाखाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा प्रयोग गर्ने जनाइएको छ ।