मन्त्रीको ध्यान निजामती ऐनमा, सचिवको मन आफ्नै विज्ञापनमा !
जागिरे जीवनमा जहाँ कार्यरत रहे त्यही केही न केही विवादास्पद निर्णय गरेर बदनामी कमाएका सचिवमा पर्दछन् कृष्णहरि पुष्कर । सरकारका बहालवालामध्ये विवाद्स्पद सचिवको सूची बनाउने हो सबैभन्दा अग्रस्थानमा आउँछन् कृष्णहरि पुष्कर । निजामती वृत्तमा उनलाई गणेश प्रवृत्तिको सचिवका रुपमा चिन्ने गरिएको छ ।
पुष्कर शक्तिको अभ्यास गर्ने यस्ता सचिव हुन कि उनीभन्दा अघि बढुवा भएका सचिवहरु प्रदेशमा कार्यरत छन् । तर उनी भने सेटिङकलामा पारंगत भएकै कारण प्रदेश झर्नु परेन । बरु सिधै अर्थ मन्त्रालयमा पोष्टिङ पाए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका अर्थतन्त्र धरासायी पार्ने कदममा मतियारको भूमिकामा थिए । बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिए । विवाद चर्किने देखिए पछि अष्ट्रिया यात्रा हानिए ।
यस अघि अख्तियारमा हुँदा सुशासनका अभियन्ता गोविन्द केसीलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाले पछि उनी झनै विवादमा मुछिएका थिए । अख्तियारमा हुँदा उनको कार्यशैलीले धेरैलाई प्रताडित नै बनायो । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका पुष्करले अख्तियारमा बसेर देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।लोकमान सिंहकै दबावमा १७ साउन २०७३ मा पुष्करलाई दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर नियुक्ति गरिएको थियो ।
Advertisement 1
आफ्ताव आलम श्रम मन्त्री हुँदा कर्ण श्रम मन्त्रालयमा उपसचिव थिए । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा थिए ।
तत्कालीन श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।
Advertisement 2
मकवानपुरको प्रमुख जिल्ला अधिकारी हुँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाए ।
यिनै पुष्कर अहिले सामान्य सचिवको जिम्मेवारीमा छन् । उनले संघीय मामिला तथा सामान्य प्रशासनको वेव साइडमै आफ्नो संक्षिप्त वायोग्राफी नै राखेका छन् ।
Advertisement 3
भन्छन,’राम्रा कुराको विज्ञापन गर्न जरुरी नै छैन । बजारमा अक्सर खराब र कमसल चिजकै बढी विज्ञापन हुन्छ । सचिवले आफ्नो प्रोफाइल नै सामान्य प्रशासनको वेव साइडमा राख्नुलाई त्यही रुपमा बुझ्नुपर्ला कि संघीय मामिला तथा सामान्य प्रशासनको एक सहसचिवले व्यग्य गर्दै भने ।सामान्य प्रशासनको वेव साइडमा अरु कुरा नभेटिए पनि अब सचिवज्यूको संक्षिप्त वायोग्राफी भेटिनेछ । प्रशासन सुधारका लागि भएको यो नै सबैभन्दा ठूलो प्रयत्न हो ।’ ती सहसचिवले अघि थपे ।
सामान्य सचिव बनेपछि सबैभन्दा पहिला मंगलबारे इ फाष्टिग शुरु गरेको स्वघोषणा गरेका उनको ध्यान प्रशासन सुधारतिर भन्दा पनि आफ्नो वायोग्राफी छाप्नतिर केन्द्रित रहेको देखिएको छ ।