अख्तियारसहितका आयोगमा गरिएका नियुक्तिविरुद्धका रिटहरू संवैधानिक इजलासमा पेशी चढ्यो

अख्तियारसहितका संवैधानिक निकायमा गरिएका नियुक्ति विरुद्धका रिटहरू सर्वोच्चको संवैधानिक इजलासमा पेशी चढेको छ ।
Advertisement 1
संसदीय सुनुवाइ छलेर विभिन्न आयोगमा गरिएका नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश नै बदर गर्नुपर्ने मागसहित परेका रिटहरू शुक्रवार पेशी चढेको हो । संविधानको मर्मविपरीत संसदीय सुनुवाइको प्रक्रिया छलेर गरिएका संवैधानिक नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा असार १० गते लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्त गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
Advertisement 2
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य छन् ।