रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।
Advertisement 1
उक्त मूर्तिको बिहीबार उद्घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका(६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।
प्रकाशित :२०७८ चैत्र ४, शुक्रबार ०९:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%