बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारे फिर्ता लिने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारकै भएको ठहर गर्दै शुक्रबार यस्तो निर्णय गरेको हो ।

Advertisement 1

कार्यालयका अधिकारीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए । दुई पटक गएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो । मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति तथा स्वीकृति बिना जग्गा फुटवेयरको नाममा गएको ठहर गरिएको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले जानकारी दिए ।

उनले पत्रकार सम्मेलनमा भने, ‘सीआइबीको सहयोगमा हामीले यसलाई थप अनुसन्धान गरेर मन्त्रालय र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा ल्याउने लामो समयदेखि प्रक्रियामा थियो । आज अन्तिम टंगो लगाएका छौँ । मालपोत ऐनमा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको जग्गा भएको ठहर्‍याई नेपाल सरकारको नाममा ल्याएका छौँ ।’

Advertisement 2

कार्यालय प्रमुख नेपालीका अनुसार २०२१ सालको फिल्डबुकले उक्त जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै, २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो । २०४४ भदौ पाँच गते ६ रोपनी र २०४४ मंसिर १८ गते चार रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो । कित्ता नम्बर ५० को १० रोपनी जग्गा दुईपटक गरेर च्याम्पियन फुटवेयरको नाममा गएको थियो ।

प्रकाशित :२०८० चैत्र ९, शुक्रबार १९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry