निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयक सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका थिए।गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

Advertisement 1

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ वैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

१९ वैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरुको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन् त्यस्तै २० वैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ वैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरुको घोषणा छ ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।

Advertisement 2

वैशाख २० गते बुधवार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देश भरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित :२०८० बैशाख २१, बिहीबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry