१५ सहसचिवको सरुवा (नामावलीसहित )
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना सह सचिवहरूको सरुवा गरेको छ। हिजो सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ती सहसचिवहरुको सरुवा गरिएको हो ।
सरुवा भएकाहरुमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएका छन् । रिज्यालको स्थानमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती पुगेका छन् । यस्तै धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल वीरगन्ज महानगरपालिकामा पठाइएको छ ।
Advertisement 1
सामान्य प्रशासनबाट सेसकान्त पोख्रेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ भने प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत खटाइएको छ । यस्तै प्रदीप परियारलाई सहरी विकास मन्त्रालय पुगेका छन् । राष्ट्रिय समावेशी आयोगमा सेवन्त राज दाहाललाई पठाएर त्यहाँ कार्यरत शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , प्रदेश १ विराटनगरमा खटाइएको छ ।
यस्तै अख्तियारमा कार्यरत रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय खटाएर त्यहाँ भौतिक पूर्वाधारका सहसचिव केशव कुमार शर्मालाई पठाइएको छ । यस्तै अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तानेर श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।