कोरोना संक्रमणबाट उपसचिवको निधन

कोरोना भाइरस संक्रमणका कारण संघीय संसदका एक उपसचिवको ज्यान गएको छ ।

Advertisement 1

आज बिहान उपसचिव कृष्णराज खनालको मृत्यु भएको संसद सचिवालयले पुष्टि गरेको छ । खनाल सचिवालयको कानुन शाखामा कार्यरत थिए ।

अस्ति बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ देखिएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका थिए ।

Advertisement 2

मूलघर तनहुँ भएका उनको केही समयअगाडि पत्थरीको शल्यक्रिया गरिएको थियो । आज बिहान गाह्रो भएपछि उनलाई कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको संसद सचिवालयले जनाएको छ।

प्रकाशित :२०७८ बैशाख २४, शुक्रबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry