यस्ता छन् छानबिन समितिको आठ प्रश्नमा अर्थ सचिव मरासिनीको जबाफ

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश भएको सम्बन्धमा अर्थमन्त्रीदेखि सचिवहरु मधुकुमार मरासिनी र कृष्णहरि पुष्करदेखि अन्इ सहसचिवहरुले समेत एकै प्रकारको जबाफ दिएका छन् ।
समितिले अर्थसचिव मधुकुमार मरासिनीलाई पनि कैयन प्रश्नहरु गरेको थियो । सो क्रममा मरासिनीले करका दर निर्धारण गर्ने क्रममा कोही अनाधिकृत व्यक्ति संलग्न नभएको जबाफ दिएका छन् ।
समिति समक्ष सबैले एकै प्रकारको बयान दिएका छन्। अर्थमन्त्री शर्मादेखि सचिवद्वय मरासिनी र पुष्करले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन्।
Advertisement 1
सीसीटीभी अभिलेख सुरक्षित नराखिएको सन्दर्भमा सीसीटीभीको विषय आफूहरुको क्षेत्राधिकारमा नहुने जवाफ दिएका छन सीसीटीभी फुटेजका सम्बन्धमा आफ्नो कार्यक्षेत्र नभएकोले जवाफ दिन नसक्ने आशय उनीहरुको रहेको छ ।
Advertisement 2
प्रकाशित :२०७९ श्रावण १४, शनिबार ०८:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%