मापदण्ड विपरितका उमेद्धार बढूवा सिफारिस, योग्यताक्रम पुगेका चाहिँ बैकल्पिकमा
लोकसेवाजस्तो भरोसा योग्य संस्था समेत पछिल्लो समय बदनामीमा मुछिएका छ । एक जना विवाद्स्पद् चिकित्सकको बढुवाको बिषयलाई लिएर लोकसेवा विवादमा तानिएको हो । आयोगले मापदण्ड नै नपुगेका कर्मचारीलाई एक तह माथि उकालेपछि आयोगको निष्पक्षता र गरिमामाथि नै प्रश्न चिन्ह उठेको छ ।
Advertisement 1
लुम्बिनी अस्पताल बुटवलको प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट (मेसु) डा ईन्द्र ढकालका कारण लोकसेवा आयोग समेत विवादमा मुछिएको छ । डा. ढकाललाई एघारौं तहमा बढुवाका लागि लोकसेवा आयोगले स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको छ । ढकाल यस्ता चिकित्सक हुन,जो दुर्गम नै नगई उनी दुर्गमवापत लिने सुविधा लिएर बढुवाका लागि सिफारिस भएसँगै चिकित्सकहरु आक्रोशित भएका छन् ।
ढकाल यस्ता चिकित्सक हुन,जो नवौंबाट दशौं तहमा बढूवा भएपछि लुम्बिनी छोडेर अन्यन्त्र जानु परेको छैन । यसरी जागिरे जीवनको सिलसिलामा स्वास्थ्य सेवा ऐन अनुसार दुर्गममा नबसेका र सदैव सुगममै बसेर सुविधा भोग गरेका चिकित्सकलाई अहिले बढूवा गर्न लागिएपछि लोकसेवा आयोग समेत विवादमा तानिएको हो । आयोगले नेपाल स्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य सेवा नियमावलीको बर्खिलाप गर्दै ढकाललाई बढुवा गरेको आरोप लाग्न थालेको छ । मापदण्ड नै नपुगी एघारौं तहमा बढुवाको सिफारिस गरेसँगै आयोग विवादमा तानिएको हो ।
आयोगको समेत मिलेमतोमा ऐन विपरित ढकाललाई बढुवा गरिएपछि लोकसेवा आयोग विवादमा मुछिएको हो ।
Advertisement 2
तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रस्तावमा निजी अस्पतालका सञ्चालकसमेत रहेका हाडजोर्नी विशेषज्ञ डा ईन्द्र ढकाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख बनाइएको थियो । ढकाल साझा अस्पतालका सञ्चालक समेत हुन ।
उनै ढकालका कारण अहिले लोकसेवा आयोगसमेत विवादमा मुछिएको हो । लोक सेवाले हालै गरेको स्वास्थ्य सेवाको एघारौं तहको बढुवामा लापरवाही गर्दै दुर्गम नै नगई दुर्गमवापत लिने सुविधा जोडेर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकाल नियमविपरीत एघारौं तहमा बढुवा सिफारिस गरेको हो ।
Advertisement 3
मापदण्ड पुगेको कैलालीको टीकापुर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (दशौं) तहमा कार्यरत डा रेमकुमार राईलाई बढुवा नगरी डा ढकाललाई नियुक्ती गरिएपछि लोकसेवाको त्रुटी मात्रै नभएर नियतमा नै प्रश्न उठेको छ ।
आयोगको २०७९ असोज २६ गतेको सूचना प्रकाशन तथा विज्ञापन नं १७१६४ ०७९–८० अनुसार डा ढकालले स्वास्थ्य सेवाको एघारौं तहमा आन्तरिक प्रतियोगितामा भिडेका थिए ।
आयोगले माघ २५ गते सूचना जारी सूचनामा बढुवा नियुक्तिका लागि सिफारिस योग्यताक्रमको पहिलो नम्बरमा नै डा ढकालको नाम छ। डा रेमकुमार राईलाई बैकल्पिकमा राखिएको छ ।