तत्कालीन डिभिजन प्रमुख श्रेष्ठ र दासविरुद्ध चार लाख बढीको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धानमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दासविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नवलपरासी जिल्लास्थित पेटवनिया सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा डिप ट्युबवेलको कार्यका लागि बजेट निकासा भएकोमा आरोपितमाथि सो को गलत प्रतिवेदन बनाएको आरोप लागेको हो।

Advertisement 1

प्रमुख श्रेष्ठसहित इन्जिनियर सन्तोषकुमार दासले फिल्ड कार्यको यकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, ठेक्का निर्माण सम्पन्र गर्ने जिम्मेवारी पाएको थापा कन्स्ट्रकसनका प्रोप्राइटर अर्जुनकुमार क्षेत्रीसहित तीन जना आरोपितमाथि एक लाख २० हजार रुपियाँ भ्रष्टाचार आरोप लागेको छ।

निर्माण व्यवसायीलाई नभएको कार्यका लागि रु.१ लाख २० हजार बढी भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरू डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासलाई रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय एवं सोही ऐनको दफा ८ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना तथा विगो असुल उपर हुन साथै, योजनाको फिल्डमा भएको कार्यको एकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरी जडान नै नभएका अल्फा भल्भ जडान भएको भनी गलत प्रतिवेदन तयार गरेको उक्त प्रतिवेदनलाई प्रमाणित गरी सोही प्रतिवेदनका आधारमा रकम भुक्तानी भएकोले निजहरू इच्छा कुमार श्रेष्ठ र सन्तोष कुमार दासलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा समेत सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुने मागदावी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 2

प्रकाशित :२०७९ फाल्गुन ३, बुधबार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry