शहरी विकास सचिवमा कस्ले मार्ला बाजी ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आज बस्ने छ। प्रधानमन्त्री कार्यालयका अनुसार बेलुकी ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने छ। मंगलबार साँझ नियमित बैठक बसेको हो।
Advertisement 1
बैठकले शहरी मन्त्रालयमा रिक्त सचिव नियुक्त गर्ने छ। शहरी विकास सचिव रविन्द्रनाथ श्रेष्ठले २०८० असोज ११ गते ५८ वर्ष उमेर हदकाकारण अनिवार्य अवकास पाएका छन् । उनको अवकाशसँगै रिक्त सचिवमा जानका लागि राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सुरेश आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मणिराम गेलाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान तथा प्रविधितर्फकी प्रमिलादेवी बज्राचार्यको आएको चर्चा छ ।
को हुन सचिव आचार्य ?
Advertisement 2
खोटाङमा जन्मिएका आचार्यले ०४७ सालमा आचार्य सरकारी सेवामा प्रवेश गरेका हुन् । ०६१ सालमा उपसचिव ०६७ सालमा सहसचिव र ०७७ सालमा सचिवमा बढुवा भएको छ । सचिव भएपछि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल ट्रस्टको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव, खानेपानी मन्त्रालय, प्रधानमन्त्री कार्यालय, शहरी विकाश मन्त्रालय हुँदै हाल राष्ट्रिय सर्तकर्ता केन्द्रको सचिवमा कार्यरत छन् ।
उनको अवकाश हुन २ वर्ष ३ महिना मात्र बाँकी छ । अब उनी कुनै मन्त्रालयमा बसेर एक, दुई वटा नीतिगत काम र कानून ल्याउने काममा आफ्नो ध्यान लगाउन चाहन्छन् । इञ्जियर पृष्टभूमिका आचार्य कुशल प्रशासक त हुन नै,अब्बल गीतकार पनि हुन् । सांगीतिक फाँटमा सियरा उपनामले परिचित सचिव आचार्यले भर्खरै म परदेश जाँदा बोलको गीति भिडियो सार्वजनिक गरेका छन् । आचार्यले यस अगाडि तिम्रो गीति एल्बम तिम्रो प्रेरणाले,हाम्रो मौलिक शहर,गहिरो छ माया,मुलुकले आज केही खोजिरहेछ,रमाउँदै आयौं लगायतका लगायतका एल्वम बजारमा ल्याइसकेका छन् ।
Advertisement 3
भक्तपुरको चाँगुनारायण नगरपालिका ३, झौखेल निवासी गेलाल भक्तपुरमा अवस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थी हुन्। २५ मंसिर २०७७ मा सचिवमा बढुवा भएसँगै उनले सतर्कता केन्द्र, राष्ट्रिय पुनः निर्माण प्राधिकरण, सिंचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् । त्यस्तै प्रमिला बज्राचार्य अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रविधि सचिवको रुपमा कार्यरत छिन् । उनलाई खानेपानी मन्त्रालयबाट सरुवा गरेर विज्ञान तथा प्रविधि सचिवको रुपमा सरुवा गरिएको हो ।यस अघि उनी रेल्वे विभागको पहिलो महिला डिजी बनेर रेकर्ड कायम गर्न सफल भएकी थिइन ।