सामान्यले किन लुकायो ४८५ अधिकृतहरुको सरुवाको सूची ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८५ अधिकृतहरुको सरुवा तथा पदस्थापनको सूची गोप्य राखेको छ । गत १६ माघमा ४८५ जना कर्मचारीहरु अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका थिए । उनीहरुलाई एक महिना मात्र सेवाकालीन तालिम दिएर काममा खटाउन लागिएको हो । विगतमा नवप्रवेशीहरुलाई सेवाकालीन तालिम ६ महिनासम्म दिने गरिएको थियो । यस पटक स्थानीय तहको निर्वाचनको बाहना र अधिकांश स्थानीय तह रिक्त रहेको कारण देखाएर चार हप्तामै तालिम सकाएर खटाउन लागिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह ब्याट ३५ का शाखा अधिकृतको सरुवा गरे पनि सो सूची भने सार्वजनिक नगरेपछि यस्लाई कर्मचारीहरुले दालमें कुछ काला हें को रुपमा अर्थाउन थालेका छन् ।
एकातिर लोकसेवाको मेरिट अनुसार सरुवा नगर्ने,अर्काेतिर सरुवा भएका कर्मचारी कहाँ पुगे भन्ने बारेमा सम्बन्धित कर्मचारीबाहेक अन्य कर्मचारी तथा सर्वसाधरणले समेत हेर्ने नमिल्ने गरी सार्वजनिक गर्नुले यस्लाई सामान्य प्रशासनको बदमासीको रुपमा लिइएको छ ।
यसरी सरुवा निर्णय भई सकेको सूची सार्वजनिक गर्नुपर्नेमा सम्बन्धित कर्मचारीले बाहेक अरुले हेर्न नमिल्ने गरी सूची सार्वजनिक गर्नुका पछाडि सामान्य प्रशासनको कर्मचारी प्रशासनको बदमासीका रुपमा लिइएको छ ।
Advertisement 1
सामान्यकै केही कर्मचारीहरुका अनुसार त्यहाँका कर्मचारी प्रशासन सम्हालेर बसेका कर्मचारीहरुले खटाइएका ४८५ अधिकृतस्तरका कर्मचारीहरुसँग मोलमोलाई गर्ने र एक ठाउँमा खटाइएका अधिकृतहरुलाई अन्यन्त्र पठाएर आर्थिक लाभ हासिल गर्ने उदेश्यका साथ यस्तो चर्तुर्याई गरिएको हो ।
खटाइएको अधिकृतहरुमध्ये इकर्मचारीका सम्पर्कमा आएका केहीले भनेका छन्, सेक्सन अफिसर खटाउँदा न बरियता हेरिएको छ,न अनुभव नै हेरिएको छ । सिर्फ कस्तो मान्छे, कुन पार्टीसँग निकट हो त्यही हेरिएको छ र भनसुनका आधारमा मात्र कर्मचारी खटन पटन गरिएको छ । यसले खटाइएकामध्ये धेरै कर्मचारी हरुमा नकरात्मक सन्देश प्रवाह भएको गुनासो पोखेका छन् । राइट म्यान इन राइट प्लेस नहुँदा, सम्बन्धित सेवा कार्यालयको सेवा प्रवाहमा नकरात्मक असर पर्ने हुन्छ ती अधिकृतहरुको भनाई छ । मन्त्रालयको राम्रो सेवा प्रवाह, निष्ठा भन्ने विषय नारा, निर्देशन मात्रमा सिमित रहेको र आफैं भित्र यसको कमी रहेको बिकृतीको ठूलो उदाहरण मन्त्रालय बनेको कतिपय अधिकृतहरुको भनाई छ ।
Advertisement 2