‘निजामतिका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्नु गलत हो’

नयाँ आर्थिक वर्षमा निजामति कर्मचारीका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्ने गरी बजेट सहितको व्यवस्था गरिएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले विमति जनाएको छ ।

Advertisement 1

उनीहरुद्वारा जारी विज्ञप्तिमा यो शिक्षामा वर्ग विभेद गर्ने आधारशीला भएकाले यसको विरोध गर्नुपर्ने बताइएको छ । ‘यो सामुदायिक विद्यालयलाई निकम्मा बनाउने रणनीतिक चाल पनि हो, यसको सामुहिक विरोध गरौं र सामुदायिक विद्यालयलाई अबल बनाउँन पहल गरौं,’ विज्ञप्तिमा उल्लेख छ ।

सैनिक र प्रहरीका सन्ततिका लागि अलग्गै विद्यालय समेत सञ्चालन हुँदै आएकाले सबै नेपालीका सन्तानले समान ढंगबाट अध्ययन गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ २२, शनिबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम