छोटो बसाई, लमजुङबासीको लामो सम्झना

हाकिम बनेर लमजुङ छिर्नेहरुको एउटा उद्देश्य धनलक्ष्मी जोहो गर्नु पनि हुने रहेछ । सेटिङ गर्नेहरूले हाइड्रो, ढुङ्गा गिटी बालुवा र जडिबुटी अवैध कारोबारीसंग लाखौं हैन करोडको खेतीपाती नगरेका कहाँ हुन र १ जटाधारीको त धन भनेसी मन पापी बन्छ भन्छन् मान्छेको त नहुने कुरै भएन ।
तर, यस्ता अपवाद पनि हुँदा रहेछन् । जसलाई कर्मभन्दा बाहिरी मोहको रंगीन आकर्षणले कुनै लछारपाटो लगाउँदै रैनछ । सोचको गहिराइ कतिसम्म भने हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ । यही सोच बोकेका लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइँटेल हिँड्दा डुल्दा कहीं कतै मन सानो गर्दैनन । मुठ्ठी कस्दैनन् ।

Advertisement 1

त्यत्ति मात्र हैन फस्ट क्लास अफिसर, रत्ती दम्भ छैन । न कुनै अंहमताले घर गरेको छ । उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।
लमजुङमा यस्ता सिडिओ पनि थिए जसलाई जनताले कालो मोसो दलेर खेदेका थिए । जोकोहि व्यक्ति प्रशंसाको पात्र उसको गुण र दोषको आधारमै हुन्छ । कृष्णप्रसाद शर्माले धेरै जनताको मन जिते । नागरिकको सेवामा कुनै कन्जुस्याइँ गरेनन् । जनप्रतिनिधि पनि नपुगेको निकट ठाउँमा पुगेर सेवा प्रदान गरे । आज पनि लमजुंगेको मन मुटुमा बस्न सफल छन् सरुवा भएर गएपनि । होम प्रसाद लुइँटेल उनी भन्दा कम सहज छैनन् नागरिक सेवामा ।

२०७८ वैशाख ५ गतेदेखि लमजुङ प्रवेश गर्नु भएका लुइँटेललाई गृहको अनुभब थिएन । तर खुबी भएकाहरुका लागि कुन त्यस्तो ठाउँ होला र मुन्टो लुकाएर हिड्नु पर्ने रु बर्खाको भेलले लमजुङ तहसनहस थियो । जनता बिचल्लीमा थिए । मर्स्याङ्दी, दोर्दी, सुन्दरबजार, दूधपोखरी बाढी क्षतिग्रस्त थिए । सडक सञ्जाल टुटेको थियो । तर प्रजिअ लुइँटेलले समाधानका सबै उपाय निकाले । स्थानीय सरकारसंग समन्वय बढाए । आफ्ना मातहतका सेना, प्रहरी सशस्त्र प्रहरीलाई सही ढंगले परिचालन गरी हरेक घटनास्थलमा नागरिकको पीडामा उपस्थित भए । नागरिकको दुःखमा संगसगै साथ हुने कमै मात्र यस्ता प्रशासक हुन्छन् ।

Advertisement 2

२०२३ साल साउन ३ गते भोजपुरमा जन्मनुभएका लुइँटेलले जागीरको शुरुवात ०४३ बाटै शुरू भयो । दाजु पुण्यप्रसाद निजामती सेवामा । उहाँले भाइलाई जसरी पनि निजामतीमा प्रवेश गर्न भन्नु भयो । लोकसेवा आयोगमा नाम निस्कियो मुखियामा । लगत्तै काभ्रे जिल्ला अदालतमा सह लेखापालपछि जिल्ला अदालत पर्सामा ०४३ देखि ०४८ सम्म र उदयपुरमा ०४८ देखि ०५३ सम्म लेखापाल भइसकेपछि शाखा अधिकृत बन्नु भएका लुइँटेल ०५५ सम्म मोरङबासीको सेवा पश्चात उपसचिवमा नाम निकाल्न सफल लुइँटेलले २०५५ देखि ०७५ सम्म उद्योग, सामान्य प्रशासन र परराष्ट्र मन्त्रालयमा काम गर्ने क्रममा ०७५ देखि ०७७ सम्म नेपाली दुतावास नयाँ दिल्ली मा रहनुभयो । त्यही हुँदा सहसचिवमा बढुवा लुइँटेल त्यसपछि भने जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअ हुनुभएको हो ।

अनुभवले खारिएका ज्ञानका भण्डार लुइँटेल निकै सरल लाग्छन् । देख्नेहरु हत्तपत्त प्रजिअ भन्ने विश्वास पनि गर्दैनन् उहाँको सरल व्यवहारका कारण । तर यसरी खारिएका निजामती क्षेत्रमा तेस्रो नम्बरका प्रजिअ सरकारले मर्यादा क्रममा एउटा गाउँपालिकाको अध्यक्ष भन्दापनि तल राखेको छ । तर लुइँटेललाई कुनै गुनासो छैन । सबैभन्दा ठूलो काम हो । नागरिकको मनमा बस्न सक्नु जस्तो ठूलो मर्यादा केही हुन्न । मर्यादा क्रममा जतिसुकै उच्च भएपनि जनताले स्वीकार्न सकेनन् भने त्यसको के नै अर्थ होला र उहाँको भनाइ छ ।

Advertisement 3

No description available.
प्रजिअ को भुमिका केही साँघूरो बनाइएको हो कि भन्ने प्रश्नमा आफूलाई त्यस्तो नलागेको बताउने लुइँटेलले प्रजिअको पहिलो अनुभूति भने निकै प्रफुलित छन् । जनतासंग प्रत्यक्ष साक्षात्कार भएर काम गर्न पाउँदा निकै हर्षित उहाँ मार्टिन लुथरको यो भनाई सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया, कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्नेपनि छैन । आवश्यक पर्छ त सिर्फ ईच्छाशक्ति अनि दयाले भरिएको मन, प्रेमले परिपूर्ण आत्मा ।
प्रेरणाका यस्तै भनाइले पनि निजामती सेवामा प्रवेश गरेर निस्वार्थ भाबका साथ नागरिक को सेवामा जोडिन मन लागेको अभिव्यक्ति व्यक्त गर्ने प्रजिअ लुइँटेल बास्तवमै उदरणिय बनेका छन् लमजुङको छोटो बसाइँ मै ।

No description available.
कसैले आलटाल छलछाम गरेको मन पर्दैन । जनतालाई अनावश्यक झुलाउने, दुःख दिने भइहाल्ने कामपनि आनाकानी गर्ने कर्मचारी जि कोही भएपनि उनले सहदैन । प्रजिअ जिल्लाको अभिभावक भएका नाताले हरेक कार्यालयमा सुशासन, भ्रस्टचार नियन्त्रण, विकाशमा सहजीकरण, विपत तथा जोखिम न्यूनीकरण र व्यवस्थापनमा प्रजिअको अहम् भूमिका हुन्छ भूमिका निर्वाह कसरी गर्ने भन्ने कुरा आफैमा निर्भर पर्छ । कोही कसैले केही भन्यो भन्दैमा प्रजिअ त्यसका पछाडि भन्दा जनताप्रति नै उत्तरदायी बन्नु पर्ने उहाँको राय छ ।
०४८ सालमा बारा जिल्ला निजगढ निवासी राधा ढुंगेलसंग विवाहित लगन गाँठोमा बाँधिनु भएका प्रजिअको दुईभाइ छोरा छन् । निजामति सेवामा नै लाग्ने त्यस्तो कुनै योजना नभएपनि आकर्षण भने यो पेशा प्रति थियो । उच्च ओहदा को आकांक्षा लिनुभएका लुइँटेल निजामति मा प्रवेश नगरेको भए अब्बल कृषक बन्ने रहर रहेछ । पेसाकै क्रममा भारत, चीन, थाइल्याण्ड, जापान पुग्नु भएका लुइँटेल सादगी जीवन शैली सबैका लागि प्रेरणाको श्रोत हुन सक्छ । र त उहाँकै कर्मचारी लेखापाल रमेश बिक प्रजिअको काम गर्ने शैली, सबैलाई समान ब्यबहार,अनि ज्ञानको भण्डारले मुग्ध छन् । सरुवा भएर इलाम पुगेका डिएसपी गंगा थापा उहाँको निकै तारिफ गर्छन् । जिल्लाका सबै दलका नेताहरु, कार्यालयका प्रमुख, कर्मचारी कोही कसैले लुइँटेल माथि खोट लगाउने ठाउँ नदेखेको बताउँछन् ।
अञ्जनकुमार

प्रकाशित :२०७८ आश्विन १६, शनिबार १९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry