वकिललाई झुक्याएर प्रधानन्यायाधीश कार्यकक्ष छिरे
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
Advertisement 1
नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच जबरा कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् । बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।
मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।
Advertisement 2
प्रकाशित :२०७८ कार्तिक २६, शुक्रबार ११:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%