भौतिकका पाँच सुईको सरूवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन जना सुईको सरूवा गरेको छ भने दुई जनाको पदस्थापना गरेको छ । लोक सेवा आयोगको आन्तरिक खुला प्रतिस्पर्धाबाट भर्खरै बढुवा भएका शुभराज न्यौपानेलाई हुलाकी राजमार्ग आयोजनाको निर्देशकमा पदस्थापन गरिएको छ । तीन महिना अघि आयोजना प्रमुख भएका चुडाराज ढकाललाई एडीबी आयोजना निर्देशनालयमा सरुवा गरिएको छ । निर्देशनालयमा कार्यरत उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ ।

Advertisement 1

मन्त्रालयले ०८० जेठ १६ गते मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट सुईमा बढुवा भएका कुबेर नेपालीलाई जलमार्ग आयोजनामा पदस्थापना गरिएको छ । अक्त आयोजनामा कार्यरत विनोद मौवारलाई संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतमा खटाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यही जेठ २६ गते शुक्रवार सुई शिव प्रसाद नेपाल ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुदैछन ।

प्रकाशित :२०८० जेष्ठ २२, सोमबार ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry