सार्वजनिक बिदामा मनमौजी

सार्वजनिक बिदा नै पुनरावलोकन गर्नुपर्ने बहस तिव्र रुपमा उठिरहेको समयमा नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।
केही दिन अघिमात्र प्रधानमन्त्री प्रचण्ड आफैंले मुलुकमा सार्वजनिक बिदा धेरै भएकाले सरकारको सेवा प्रवाह प्रभावित भएको धारणा व्यक्त गरेका थिए । नेपालमा दिइने सार्वजनिक विदाहरूको सङ्ख्या धेरै भएको र बिदाको सङ्ख्यामा पुनरवलोकन गरिनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको साता दिन नबित्दै प्रचण्डले अर्काे एक दिन सार्वजनिक बिदा थप गरेका हुन ।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ । २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
राजपत्रमा प्रकाशन गरिएको सूचना अनुसार बर्षभरमा शनिवारबाहेक ४३ दिन सार्वजनिक बिदा नै दिइएको थियो । ०७९ सालमा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ।

Advertisement 2

बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ।

यो सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिएको थियो भने आज जनयुद्ध दिवसको अवसरमा पारेर फेरि सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित :२०७९ फाल्गुन १, सोमबार ०६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry