यी हुन जिल्ला हाक्ने ९ महिला कमाण्डर (सीडीओ)

कुनै समय चुलो,चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ ।

Advertisement 1

उपस्थित मात्र होइन् नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् । अन्य क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिदो छ । महिलाहरु नेतृत्व गर्ने ठाउँमा पुगेर महिला पनि पुरुषभन्दा कुनै हिसाबले कमजोर छैनन भन्ने ढंगले काम गरेर देखाएका छन् । संयोग ९ जना सह सचिव तथा उपसचिव तहका महिला विभिन्न जिल्ला कमाण्ड गर्दैछन् ।

मुलुकका ७७ जिल्लामध्ये हाल सुनसरीमा हुमकला पाण्डे, ताप्लेजुङमा गोमादेवी चेम्जोङ्ग, धनकुटामा लिला कुमारी केसी पाण्डे, ओखलढुङ्गामा प्रदर्शनी कुमारी, सिन्धुलीमा सुनिता नेपाल, अर्घाखाँचीमा मीना अर्याल, मनाङ्गमा सुप्रभा खनाल ढुंगेल र डोटीमा कल्पना श्रेष्ठ र बागलुङ जिल्लाको कमाण्डर बनेर आजैदेखि रोशनी श्रेष्ठले जिम्मेवारी सम्हाल्दै छिन् ।९ जिल्लामा महिला सिडिओ खटाइएकोमा ४ जिल्ला सहसचिव तहका महिला कर्मचारीहरुले कमाण्ड गरिरहेका छन् भने बाँकी ५ जिल्ला उपसचिव तहका महिला सिडिओको रुपमा कार्यरत छन् । ९ मध्ये सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सहसचिव हुन् । यस्का अलवा धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओको जिम्मेवारी दिएर पठाइएको छ ।

Advertisement 2

लीलाकुमारी केसी पाण्डे,

धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी छिन् । ओखलढुङ्गामा जन्मिएकी लीलाकुमारी २०५९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी हुन । उनले जनसङ्ख्या तथा वातावरण, स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र योजना आयोग हुँदै गृह मन्त्रालयमा काम गरिन् । एक वर्ष मन्त्रालयमै बसेर योजना शाखामा काम गरेकी उनी केही समय रामेछापमा प्रजिअ भएर काम गरिन धनकुटाको प्रजिअको रुपमा यही १७ माघदेखि जिल्लाको कमाण्डर गदै छिन् ।

Advertisement 3

गोमादेवी चेम्जोङ्ग, ताप्लेजुङ

ताप्लेजुङमा जन्मिएकी गोमादेवी हाल आफ्नै गृह जिल्लाको नेतृत्व सम्हाल्दै छिन् । २०६३ सालमा शाखा अधिकृतमा नाम निकालेर निजामती सेवामा पाइला राखेकी उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृह मन्त्रालय र सामान्य प्रशासनमा काम गर्दै उपसचिव तहमा २०६९ सालमा बढुवा भइन् । गृह मन्त्रालय अन्तर्गत ०७४ सालमा प्रवेश गरेकी हुन । पहिलो कार्यकाल प्रजिअका रूपमा भोजपुरमा काम गरिन। त्यसपछि दोस्रो जिल्लाको रूपमा सिन्धुपाल्चोकको कमाण्ड गरि हाल ताप्लेजुङका कमाण्ड गर्दै छिन् । उनी १८ माघदेखि जिल्लाका कमाण्ड गदैृ छिन् ।

हुमकला पाण्डे प्रमुख जिल्ला अधिकारी सुनसरी
शाखा अधिकृतमा नाम निकालेर ०६३ सालबाट सरकारी सेवामा प्रवेश गरेकी हुमकलाको पहिलो कार्यक्षेत्र बन्यो प्रधानमन्त्री कार्यालय । ०६८ सालमा उपसचिवमा उक्लिएपछि केही समय शहरी विकास मन्त्रालयमा काम गरिन । त्यहाँबाट अर्थ मन्त्रालयमा पुगेकी पाण्डे महिला मन्त्रालयमा सरुवा भइन । त्यसपछि सहसचिवको परीक्षा पास गरेर अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा पुगिन,अख्तियार कार्यालय प्रमुखको रुपमा ०७५ सालमा हटौडा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्हालिन,दुई बर्षसम्म । कोभिडको समयमा भक्तपुरको सिडियो भएर काम गरेकी पाण्डे त्यहाँबाट गृहमा तानिइन र काभ्रेमा खटाइयो प्रजिअको रुपमा झण्डै १ बर्ष त्यहाँको कमाण्ड गरेकी उनको काँधमा अहिले सुनसरी जिल्लाको कमाण्ड गर्ने अवसर मिलेको छ ।

प्रदर्शनी कुमारी प्रमुख जिल्ला अधिकारी, ओखलढुङ्गा
वारा जिल्लामा जन्मिएकी प्रर्दशनी कुमारी २०६२ साल अधिकृत तहवाट निजामती सेवामा प्रवेश गरेकी हुन् । जागिरे जीवनको ७ बर्ष गृह मन्त्रालयमा बिताइन । ०६९ बैशाख १० उपसचिव तहमा वढुवा भएपछि राष्टिय योजना आयोग, उद्योग मन्त्रालय, जिल्ला समन्वय समिति रुकुम पश्चिम, धनुषा जिल्लाका सहायक सिडियो, विपत व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्राधिकरण हुदै हाल ओखलढुङ्गा जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छिन् ।

सुनिता नेपाल प्रमुख जिल्ला अधिकारी सिन्धुली

काठमाण्डौमा जन्मिएकी सुनिता ०६१ सालमा अधिकृत तहबाट निजामती सेवामा पाइला राखेकी हुन् । जागिर प्रवेश गरेको ९ बर्षपछि उपसचिवमा उक्लिन सफल भएकी उनी ०७७ सालमा सहसचिवमा भिडेर नाम निकाल्न सफल भइन । जागिरे जीवनको प्रारम्भ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भएको हो सुनिताको । त्यसपछिको लामो समय महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा बिताइन,झण्डै १३ बर्ष । त्यहाँबाट मुस्लिम आयोग हुँदै गृहमा प्गिन ।
यस अघि नै प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला कमाण्ड गरिसकेकी उनी सिन्धुली पुगेकी छिन्,सो जिल्लाको ४७ औँ सिडिओको रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् ।
कल्पना श्रेष्ठ प्रमुख जिल्ला अधिकारी डोटी
अर्खखाची जिल्लामा जन्मिएकी श्रेष्ठले ०६२ पुष १७ गते बाट निजामती सेवामा पाइला राखिन । अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेकी उनले महिला मन्त्रालय तीन बर्ष काम गरिन । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा काम गर्दै ०६७ चैत २० मा उप सचिव नाम निकालिन। उद्योग मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाको प्रमुख भएर समेत काम गरिसकेकी श्रेष्ठ ०७१ साला स्थानीय विकास मन्त्रालय, २०७२ मा स्थानीय विकास अधिकारीको रुपमा २ बर्ष गुल्मीको एलडिओ भएर काम गरिन । ०७५ असोजमा श्रम मन्त्रालय, ०७८ जेष्ठमा जिल्ला समन्वय समिति खोटाङमा काम गरेकी उनी त्यसको ६ महिना पछि ०७८ संचार मन्त्रालय मातहतको गोश्वारा हुलाक कार्यालय प्रमुख भएर समेत काम गरिसकेकी छिन् । ०७८ चैतमा सहसचिवमा उक्लिएपछि केही समय गृह मन्त्रालयमा काम गरेकी उनी अहिले प्रमुख जिल्ला अधिकारीको रुपमा डोटी जिल्ला कमाण्ड गर्दैछिन् ।

सुप्रभा खनाल ढुंगेल प्रमुख जिल्ला अधिकारी मनाङ्ग
विराटनगरमा जन्मिएकी ०६६ सालबाट निजामती सेवामा प्रवेश गरेकी हुन् ,अधिकृत तहबाट । लामो समय शान्ति तथा पुन निमार्ण मन्त्रालय बिताएकी उनले ०७३ जेष्ठमा उपसचिव तहमा नाम निकालिन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा मन्त्रालय हुँदै गृहमा प्रवेश गरेकी खनाललाई त्यहाँबाट सहायक सिडियो बनाएर खटाइएको थियो काठमाण्डौंमा । अहिले मनाङ्ग जिल्लाको कमाण्ड गर्दै छिन् ।

मीना अर्याल प्रमुख जिल्ला अधिकारी अर्घाखाँची

५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी अर्यालले सहायक लेखापाल, सह लेखापाल, नायव सुब्बा, शाखा अधिकृत सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी हुन । रेसुङ्गा १०, गुल्मी निवासी उनी ०५५ सालमा अधिकृतमा नाम निकालेसँगै पहिलो पोष्टिङ महिला मन्त्रालयमा भएको थियो । लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने उनी नै जिल्लाको पहिलो महिला हुन् । महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै हाल प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी छिन् मीना । उनी अर्घाखाँचीको जिल्ला प्रशासन हाँक्ने पहिलो महिला सीडीओ समेत हुन । अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ४९ जना सीडीओमध्ये ४८ जना पुरुष थिए ।

रोशनी श्रेष्ठ प्रमुख जिल्ला अधिकारी बागलुङ

दैलेख जिल्लामा जन्मिएकी रोशनी श्रेष्ठ २०६२ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले अधिकृत तहवाट निजामती सेवामा पाइला राखेकी हुन । लोक सेवा आयोग, शान्ति तथा पुननिमार्ण प्राधिकरण, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, नापी विभाग, महिला आयोग, गृह मन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरण हुदै हाल बागलुङ जिल्ला प्रशासनको कमाण्ड गर्दैछिन् ।

प्रकाशित :२०७९ माघ २५, बुधबार ०६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry