संघीय निजामती सेवाको पदपूर्ति सम्बन्धी यस्तो छ व्यवस्था (मस्यौदासहित)

संघीय निजामती सेवाको पदपूर्ति गर्दा अन्तर सेवा प्रतिस्पर्धाको व्यवस्था गरिएको छ । विधेयकको दफा १० मा संघीय निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा राजपत्र अनंकित प्रथम श्रेणीदेखि उपसचिव तहसम्म अन्तर सेवा प्रतिस्पर्धाको व्यवस्था कायम गरिएको हो । सहसचिव अर्थात एघारौं तहमा भने यस्तो व्यवस्था राखिएको छैन ।

Advertisement 1

निजामती ऐनको मस्यौदामा राजपत्रअनकित पाँचौं तहमा शत प्रतिशत नै खुला प्रतियोगिताबाट पदपूर्ति गरिने मस्यौदामा उल्लेख गरिएको छ ।यस्तै,राजपत्रअनकित सहायक चौथो तहमा ९० प्रतिशत खुल्ला र बाँकी १० प्रतिशत बढुवाद्धारा पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।

राजपत्रअनकित प्रथम श्रेणी,सहायक पाचौंमा ५० प्रतिशत खुला प्रतियोगिताबाट नियुक्ति गरिने र बाँकी ५० प्रतिशत बढुवाद्धारा पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।
यस्तै,राजपत्राकिंत तृतीय श्रेणी (नेपाल स्वास्थ्य सेवाका चिकित्सकबाहेक) ७० प्रतिशत खुला प्रतिष्प्रर्धाबाट,१० प्रतिशत अन्तर तह प्रतिष्प्रर्धाबाट र २० प्रतिशत बढुवाद्धारा पदपूर्ति हुनेछ ।
यस्तै,राजपत्राकिंत तृतीय श्रेणी (आठौं तह) शत प्रतिशत खुला प्रतिष्प्रर्धाबाट पदपूर्ति गरिने मस्यौदामा प्रस्ताव गरिएको छ ।राजपत्राकिंत द्धितीय श्रेणीको हकमा १० प्रतिशत खुला प्रतिष्प्रर्धाबाट,२० प्रतिशत अन्तर तह प्रतिष्प्रर्धाबाट र बाँकी ७० प्रतिशत बढुवाबाट पदपूर्ति गरिने जनाइएको छ ।
राजपत्राकिंत प्रथम श्रेणीको हकमा भने १० प्रतिशत खुला प्रतियोगिताबाट र बाँकी ९० प्रतिशत बढुवाबाट पदपूर्ति गरिने प्रस्तावित मस्यौदामा राखिएको छ ।
सहसचिव र उपसचिवमा अन्तर तह प्रतिष्प्रर्धा राख्नुपर्नेमा सो नराखिएको प्रति प्रशासकहरुले आपत्ति प्रकट गरेका छन् । कतिपय सहसचिवहरु सहसचिवमा खुला पदपूर्ति उचित नहुने जिकिर गर्दछन् । प्रथम श्रेणीका ती पदमा अनुभवी प्रशासक चाहिने हुँदा खुला प्रतिष्प्रर्धाबाट पदपूर्ति गरिनु उचित नहुने तर्क गर्दछन् ।
यस्तै मस्यौदामा नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल लेखापरीक्षण सेवाको पदमा अन्तर तह प्रतियोगिताका लागि पदसङ्ख्या निर्धारण नगरिने र त्यस्तो पद बढुवाद्वारा पूर्ति हुने पदमा समावेश गरिने उल्लेख गरिएको छ ।

Advertisement 2


उपदफा (१) को खण्ड (छ) वा (ज) मा उल्लिखित खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा वा अन्य कुनै सरकारी सेवा वा सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाको अधिकृतस्तरको पदमा राजपत्राङ्कित द्वितीय श्रेणी अधिकृत नवौं तहको पदको हकमा कम्तीमा पाँच वर्ष र राजपत्राङ्कित प्रथम श्रेणी अधिकृत एघारौँ तहको पदको हकमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन सक्नेछ भनिएको छ ।

प्रकाशित :२०७९ चैत्र २१, मंगलवार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry