प्रदेशबाट गृहमा तानिएको पर्सीपल्टै सीडीओको जिम्मेवारी

सरकारले गोरखा जिल्लाको सीडीओमा दिनेशसागर भुषाललाई खटाएको छ ।

Advertisement 1

गत सोमबार एकै पटक २६ सहसचिवको सरुवा हुँदा भुसाल आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिवबाट तानेर गृह प्रवेश गराइएका भुसाललाई गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा गृहले खटाएको हो ।
गृहले एकै पटक सहसचिव र उपसचिव तहका ७० कर्मचारीको सरुवा गर्दा गोरखाको सीडीओ रहेका शंकरहरि आचार्य कपिलवस्तुमा पठाएको थियो भने त्यहाँ सिराहाबाट लालबाबु कवारीलाई खटाउने निर्णय गरेको थियो ।
तर कवारी सिरहाको सीडीओ हुँदा ५० लाखको घुस काण्डमा मुछिएपछि बाटैबाट उनलाई गृहमा तानिएको थियो । गोरखाको जिल्ला प्रशासन झण्डै दुई साता सीडीओ र सहायक सीडीओ समेत बिहिन अबस्थामा चलिरहेको थियो । त्यहाँ प्रधानमन्त्री प्रचण्डसँग पूरानै साइनो रहेका दिनेश सागर भुसाललाई सीडीओ बनाएर पठाइएको हो ।

भुसाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर समेत काम गरेका थिए । गोरखालाई प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र हो ।

प्रकाशित :२०७९ माघ २०, शुक्रबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry