कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने तयारी
‘नियम सबैलाई लागू हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै नियमविपरीत निर्माण भएका घररटहरा हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेरि नयाँ एक्सनमा उत्रिएका छन् । उनी केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धार आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।
Advertisement 1
महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् जसमध्य ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छानबिन हुन लागेको स्रोतले जनाएका छन् । विभिन्न बहानाबाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेन्द्रले उक्त निर्णय लिएको उनका एक सहयोगीले कान्तिपुरलाई बताए ।
वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ । भ्रष्टाचार शून्य नगरुको रुपमा अग्रसर बालेन्द्रले सेवालाई डिजिटलाइज गर्नमा विशेष जोड दिएका छन् । अघिल्लो सातादेखि महानगरले वडा नम्बर ५मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने कामको थालनी गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।
Advertisement 2