जोगिएला त गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी मुद्धामा आज सुनुवाई हुँदैछ ।
सो मुद्धाको अन्तिम किनारा लगाउन शुरु भएको गत बुधबारको बहस नटुगिएपछि अर्को पेशी आजका लागि तोकिएको छ ।

Advertisement 1

गैर नागरिक लामिछाने संघीय संसदको उमेद्धार बनाइएको भन्दै अधिवक्ता रबिराज बसौला र युबराज पौडेलले मंसिर २८ मा दायर गरेको रिट सर्वोच्च अदालतको संवैद्यानिक इजलाशमा अन्तिम बहस भइरहेकोमा आज सुनुवाइ सकिने अपेक्षा गरिएको छ ।

गत बुधबार कामु न्यायधीश हरिकृष्ण कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलाशमा भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानाले बहस गरेका थिए ।

Advertisement 2

उनीहरुले रविले अमेरिकाको नागरिकता त्यागेको निस्सा अहिलेसम्म नेपाली अधिकारीहरुले नबुझाएको तर्क पेश गरेका थिए ।
यता लामिछानेका तर्फबाट सुशील पन्त र सुनिल पोखरेलले जवाफी बहस गरेका थिए ।

सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले सात पृष्ट लामो जबाफी बहस नोट पेश गरेका थिए ।

Advertisement 3

बहस नोटमा सहन्यायधिवक्ता रेग्मीले लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता सम्बन्धी नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार्दै कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक नहुने तर्क पेश गरेका छन् ।

आज सर्वोच्च अदालतको संवैद्यानिक इजलाशबाट आउने फैसलाले लामिछानेको सांसद तथा मन्त्री पदको निरन्तरता तय गर्ने छ।

प्रकाशित :२०७९ माघ १३, शुक्रबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry