भंगाहामा टिक्न सकिएन भन्दै उपसचिव सिंहदरबारमा…

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेश प्रदेशबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतविहिन बनाउने बताइरहँदा मधेश प्रदेशको भंगाहा नगपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत त्यहाँ टिक्न सकिएन भन्दै सरुवा खोज्न थालेका छन् ।
Advertisement 1
मन्त्री मोदीले बिहिबारमात्र सिंहदरबारमा जरा गाडेका २६ जना कर्मचारीलाई मधेश प्रदेशका विभिन्न स्थानीय तहमा खटाएर मधेश प्रदेशका स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुन्यमा झारेका बताएका छन् । उनले ८ जना अधिकृत र १८ जना उपसचिव तहका कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा मधेश प्रदेशका नगरपालिका र गाउँपालिकामा खटाएका थिए । मन्त्री मोदीले मधेश प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएका हुन् । योसँगै मधेश प्रदेश अब निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको उनको दावा छ ।
मधेश प्रदेशका विभिन्न स्थानीय तहमा अलग सेवा समुह, कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायतका क्षेत्रका कर्मचारीले प्रशासकीय अधिकृतको रुपमा कामकारबाही गर्दै आएका थिए । त्यस्तै नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बास्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मचारी प्रशासकीय अधिकृतको जिम्मेवारीमा राख्ने खेलोफड्को जारी छ ।
उता यही अवधिमा मधेश प्रदेशको स्थानीय तहमा टिक्न सकिएन भन्दै सिंहदरबार धाइरहेका छन् । नगरप्रमुख सजिंव कुमार साहको पेलानमा परेका उनी सरुवा माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी,सचिव कृष्णहरि पुष्करलाई भेटेर दुखेसो पोखेर फर्किएका छन् । मेयरले अनावश्यक भुक्तानी गर्नका लागि दबाब दिएको र सो दबाब नमन्दा उनी पेलानमा परेको नगरपालिकाको कर्मचारीहरुले बताएका छन् ।
दोश्रो कार्याकालका लागि महोत्तरीको भँगाहा नगरपालिकामा चुनिएका मेयर साहले कर्मचारीमाथि ज्यादती गरेको यो पहिलो पटक होइन यस अघि रमानन्द जोशी पनि उसैगरी मेयरको पेलानमा परेका कर्मचारीहरु सुनाउँछन् । यस्तै यस उसैगरी मेयरको पेलानमा परेर लेखाका हाकिम समेत त्यहाँबाट लखेटिएका थिए ।
Advertisement 2
मेयरको अनावश्यक पेलानमा परेका हाकिम सरुवा खोज्दै सिंहदरबार आइपुगेको र उनी दुई सातादेखि बिदामा बसेपछि प्रशासनिक कार्यसहित अन्य महत्त्वपूर्ण कार्य ठप्प हुन पुगेको छ ।
यस बिषयमा मेयरसँग जिज्ञासा राख्नका लागि फोन सम्पर्क प्रयास गर्दा स्वीचड अफ गरिएको छ ।