कर्मचारीको दरबन्दीमा १० प्रतिशतले कटौती हुने
सरकारले कर्मचारीहरुको दरबन्दीमा दश प्रतिशतले कटौती गर्ने जनाएको छ । आगामी आर्थिक बर्ष ७९/८० को को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन्। हाल संघ,प्रदेश र स्थानीय तहमा रहेको कर्मचारीहरुको दरबन्दी कम्तिमा १० प्रतिशतले कटौती गर्नेका लागि प्रशासनिक पुनर्संरचनाका आयोग बनाउने उनले बजेट बक्तव्य मार्फत घोषणा गरेका हुन् । सो आयोगले कर्मचारीको तलब सुविधा वारे अध्ययन गर्न आयोग गठन गर्ने घोषणा समेत गरेका छन् ।
यस्तै मन्त्री शर्माले बजेट बक्तव्यकै क्रममा स्थानीय पूर्वाधार विभाग खारेज गर्न जनाएका छन् ।
प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १९:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%